काठमाडौँ । ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेश भएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गरेका हुन् ।
विधेयक पेस गर्दै खतिवडाले निजामती कमर्चारीलाई 'दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मति पारित गर्दै विधेयक संसदमा ल्याएको जानकारी गराएका थिए ।
यो प्रतिवेदन सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमितिले तयार गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology