विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाखको बजेट ल्याएको छ ।
आइतबार कोशी प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले चालु आर्थिक वर्षको तुलनामा ६० करोड बढीको बजेट ल्याएका हुन् । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट ल्याएको थियो ।
कोशी प्रदेशको बजेटमा आन्तरिक राजश्वबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख समपुरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरि राजश्व र वित्तीय हस्तान्तरणबाट कुल ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख खर्च बेहोरिने बजेटमा उल्लेख छ । बाँकी अपुग ३ अर्ब १३ करोड मौज्जातबाट बेहोरिने उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology