काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे बस्ने तालिका रहेको छ ।
भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका दल सहमतिमा आएपनि रास्वपाले भने आफ्नो अडानमा कायम रहेको छ । रास्वपाको नाराबाजीका बीच पनि सभामुख देवराज घिमिरेले संसदको बैठक अगाडी बढाएर बजेटमाथिको छलफल शुरु गराएका छन् ।
आजको बैठकमा बजेटमाथिको छलफल सकिने र सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने तालिका रहेको छ ।
त्यस्तै आज संसदमा अर्थमन्त्री पौडेलले विनियोजन विधेयक २०८२ तथा राष्ट्र ऋण उठाउने विधेयक २०८२ प्रस्तृत गर्ने कार्यसूची रहेको छ ।
आज पनि रास्वपाको विरोध यथावत रहने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology