Logo

२०८३, आश्विन १०गते


images
images

टी-२० सिरिज

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

images
  • टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै
    images
    images

    काठमाडौँ । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डस सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । 

    images
    images
    images

    स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ । 

    images
    images
    images

    नेपाल र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १३ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डस ७ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ ।

    images
    images
    images

    आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।

    २० जुनसम्म हुने यो त्रिकोणात्मक टी-२० सिरिजमा मंगलबार नेपाल र स्कटल्याण्ड, बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।

    यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।