Logo

२०८३, कार्तिक २९गते


images
images

राजावादी आन्दोलन

राजावादी आन्दोलन शुरु गर्न कमल थापाको आग्रह

राजावादी आन्दोलन शुरु गर्न कमल थापाको आग्रह

images
  • राजावादी आन्दोलन शुरु गर्न कमल थापाको आग्रह
    images

    काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले आन्दोलनका कार्यक्रमहरू तत्काल शुरु गर्न संयुक्त जनआन्दोलन समितिलाई आग्रह गरेको छ ।

    images
    images
    images

    आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजसंस्थाको पक्षमा भएको आन्दोलनका क्रममा सरकारले गरेको दमन र निरङ्कुशताको भर्त्सना गर्दै आन्दोलनका कार्यक्रमहरू तत्काल शुरु गर्न संयुक्त जनआन्दोलन समितिलाई आग्रह गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

    images
    images
    images

    त्यस्तै बैठकले आन्दोलनमा सहभागिताको निम्ति आमजनताप्रति आभार व्यक्त गरेको छ भने तिनकुने प्रदर्शनको क्रममा पक्राउ परेका दुर्गा प्रसाई लगायत सबैको झुठा मुद्दा खारेज गरी तत्काल रिहा गर्न माग गरेको छ । 

    images
    images

    बैठकले भिजिट भिसा भ्रष्टाचार काण्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको बर्तौलाले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।