काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–३ को उनापानी गाउँमा भएको भीषण आगलागीमा परी कम्तीमा आठ घर जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागीबाट बिर्ख रावत, बाटुली फडेरा, लालकुमार फडेरा, पाले फडेरा, आशा फडेरा, बिरजन फडेरा, र धनबहादुर रावतका घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।
डिएसपी शंकर पोखरेलका अनुसार हालसम्म मानवीय वा पशु चौपायामा क्षति भएको पुष्टि छैन। स्थानीयवासी तथा प्रहरीको सक्रियतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ।
‘आगलागी नियन्त्रणमा लिन खोज्दा पाँचवटा घरका झ्यालढोका फुटाएर भित्रका सामान सुरक्षित गर्न सकिएको छ,’ डिएसपी पोखरेलले भने।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र आगो नियन्त्रणका लागि सर्केदेउ प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक सुबिन शाहको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology