Logo

२०८३, आश्विन १०गते


images
images

प्रदेश बजेट

सातै प्रदेशको बजेट सार्बजनिक, कुन प्रदेशले कस्तो बजेट ल्याए ?

सातै प्रदेशको बजेट सार्बजनिक, कुन प्रदेशले कस्तो बजेट ल्याए ?

images
  • सातै प्रदेशको बजेट सार्बजनिक, कुन प्रदेशले कस्तो बजेट ल्याए ?
    images
    images

    काठमाडौँ । सात प्रदेशका सरकारले आगामी आर्थिक बर्षको बजेट सार्बजनिक गरेका छन् । असर १ गते बजेट ल्याउनु पर्ने संबैधानिक बाध्यता अनुसार सातै प्रदेशले आ-आफ्नो बजेट सार्बजनिक गरेका छन् ।

    images
    images
    images

    बजेट सार्बजनिक गर्नेक्रममा बागमती प्रदेश र कर्णाली प्रदेशमा विवाद देखिएको थियो । बजेट सार्बजनिक गर्नु अघि भएको विवादका कारण बागमतीमा अर्थमन्त्री र सचिवनै सम्पर्कविहीन बनेको खबर आयो भने आइतबार अबेर गरि बजेट सार्बजनिक गरियो । त्यस्तै कर्णालीले त मध्यरातमा बजेट ल्यायो । माओवादी केन्द्रसहितका दलले विरोध गरेपछि बजेट तोकिएको समयमा ल्याउन सकेन ।

    images
    images
    images

    कुन प्रदेशले कत्रो आकारको बजेट ल्याए  ?

    images
    images
    images

    कोशी प्रदेश  

    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाखको बजेट ल्याएको छ । आइतबार कोशी प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले चालु आर्थिक वर्षको तुलनामा ६० करोड बढीको बजेट ल्याएका हुन् । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट ल्याएको थियो ।

    कोशी प्रदेशको बजेटमा आन्तरिक राजश्वबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख समपुरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरि राजश्व र वित्तीय हस्तान्तरणबाट कुल ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख खर्च बेहोरिने बजेटमा उल्लेख छ । बाँकी अपुग ३ अर्ब १३ करोड मौज्जातबाट बेहोरिने उल्लेख छ ।

    बागमती प्रदेश

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्यायेको छ । आइतबार आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेशसभामा आगामी आवका लागि चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४२ अर्ब ४३ करोड २६ लाख ३६ हजारको बजेट सार्बजनिक गरेका हुन् ।

    बजेटमा खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख १ हजार रुपैयाँ, अन्य राजस्वतर्फ ६ अर्ब ७९ करोड ४ लाख १३ हजार, संघीय वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड ९३ लाख, चालु आवको सञ्चित कोषको बचत तथा विविध प्राप्तिबाट १६ अब ९८ करोड ९४ लाख १३ हजार रुपैयाँ अनुमान गरिएको छ ।

    गण्डकी प्रदेश

    गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोडको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा. टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएका हुन् । 

    आगामी आर्थिक वर्ष १२ अर्ब ६३ करोड पुँजीगततर्फ १९ अर्ब ९ करोड वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान ४९ करोड आउने अनुमान गरिएको छ भने प्रदेशले ५ अर्ब ४५ करोड आन्तरिक आम्दानी गर्ने बजेटमा उल्लेख छ ।

    लुम्बिनी प्रदेश 

    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार लुम्बिनी प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार बजेट विनियोजिन गरेको जानकारी दिएका छन् । त्यस्तै बजेटमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अनुमान गरिएको छ ।

    आगामी आर्थिक बर्षको खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजश्वबाट ७ अर्ब ७८ करोड ४ लाख, रोयल्टीबाट ४१ करोड ५० लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ८६ करोड ५६ लाख, संघको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ६६ करोड १५ लाख समपुरक अनुदानबाट ५१ करोड ४० लाख र विशेष अनुदानबाट ४० करोड ४६ लाख र बाँकि अपुग २ अर्ब  नगद मौज्जातबाट बेहोरिने उल्लेख छ ।

    मधेश प्रदेश

    मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ । आइतबार मधेश प्रदेश सभामा प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजारको बजेट सार्बजनिक गरेका हुन् ।

    यो बजेट चालु आर्थिक बर्षको तुलनामा ६.१३ प्रतिशतले बढी रहेको छ । मधेश प्रदेशको बजेटको स्रोतमा आन्तरिक राजश्वबाट ९ अर्ब ५० करोड ८३ लाख, राजश्व बाँडफाँटबाट १२ अर्ब ३५ करोड ८४ लाख, संघको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९  लाख, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख, समपुरक अनुदानबाट ३५ करोड ८२ लाख र विशेष अनुदानबाट ३९ करोड ४५ लाख र गत बर्षको नगद मौज्जतबाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार बेहोरिने छ । यसमा न्यून हुने २ अर्ब अर्न्तिक ऋणबाट उठाइने बजेटमा उल्लेख छ । 

    कर्णाली प्रदेश

    कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ । आइतबार मध्यरातमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रदेश सभामा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट सार्बजनिक गरेका हुन् ।

    कुल विनियोजनमध्ये चालूतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार बजेट विनियोजन भएको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार विनियोजन गरिएको छ ।

    सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । उक्त बजेट चालु आर्थिक वर्षभन्दा एक अर्ब ८४ करोड ६ लाख ५२ हजार बढी हो । आइतबार आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार र चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार बजेट विनियोजन गरेका छन् ।

    त्यस्तै अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशको बजेटको स्रोतमा आन्तरिक राजश्वबाट एक अर्ब ६५ करोड ८३ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँट वापत प्राप्त हुने ८ करोड, संघको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९२ करोड ५६   लाख, सशर्त अनुदानबाट ४ अर्ब १६ करोड ३० लाख, समपुरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख र गत बर्षको नगद मौज्जतबाट ७ अर्ब ६६ करोड २३ लाख ४८ हजार बेहोरिने छ । यसमा न्यून हुने २ अर्ब अर्न्तिक ऋणबाट उठाइने बजेटमा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।