काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कटाक्ष गरेका छन् । उनले बजेट अधिवेशनजस्तो गम्भीर सन्दर्भमा संसद अवरुद्ध गर्ने शैलीको प्रतिपक्ष संसारमै बिरलै पाइने टिप्पणी गरे ।
हाल संसदमा भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले निरन्तर अवरोध गरिरहेको सन्दर्भमा बास्कोटाले सत्तापक्षलाई आलोचनाबाट जोगाउने सहज प्रतिपक्ष भएको आरोप लगाएका छन् । उनका अनुसार सरकारका विपक्षमा उभिनुपर्ने दायित्व बोकेको दलले सरकारलाई नै सहज हुने वातावरण निर्माण गरिदिएको छ ।
बास्कोटाले भनेका छन्, “वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो । उनीहरूले सरकारलाई आफैले पनि आलोचना नगरीकन र अरूबाट हुन सक्ने मौका समेत बन्द गरिदिएर हुनसम्म सजिलो बनाईदिए । बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छ होला । जे होस्, देउसी लय मिलेको छ ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology