Logo

२०८३, कार्तिक २९गते


images
images

दाङमा चट्याङमा परि दुई भैसीसहित खसी, बाख्रा र कुखुरा मरे

दाङमा चट्याङमा परि दुई भैसीसहित खसी, बाख्रा र कुखुरा मरे

images
  • दाङमा चट्याङमा परि दुई भैसीसहित खसी, बाख्रा र कुखुरा मरे
    images

    दाङ । दाङमा चट्याङ लाग्दा दुई भैसीसहित खसी, बाख्रा र कुखुरा जलेका छन् ।

    images
    images
    images

    दाङको तुलसीपुर उपमहानगरपालिका–७ घुसेरी निवासी सागर पौडेलको गोठमा चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका २ वटा भैंसी, ३ वटा खसी, १ वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार घटनामा एक भैंसी घाइते भएको छ भने गोठपूर्ण रुपमा जलेर नष्ट भएको छ ।

    images
    images

    आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । यद्यपि, मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

    आगो आज बिहान करिब साढे २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको हो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी पोस्ट पर्सेनीबाट प्रहरी निरीक्षक देवीलाल अधिकारीको कमान्डमा ४ जनाको टोली खटिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।