Logo

२०८३, आश्विन १०गते


images
images

इरान-इजरायल द्वन्द

के इरान आणविक बम बनाउन नजिक पुगेको थियो ?

के इरान आणविक बम बनाउन नजिक पुगेको थियो ?

images
  • के इरान आणविक बम बनाउन नजिक पुगेको थियो ?
    images
    images

    काठमाडौँ । आफ्नो आक्रमणमा, इजरायलले इरानको नातान्ज युरेनियम सम्बर्धन प्लान्टसहित धेरै आणविक स्थलहरूलाई क्षति पुर्‍याएको दाबी गरेको छ । यी आक्रमणहरूमा, इजरायलले तेहरानका शीर्ष सैन्य कमाण्डरहरू र आणविक वैज्ञानिकहरूलाई पनि निशाना बनाएर मारेको छ ।

    images
    images
    images

    इरानका विदेशमन्त्री अब्बास अराघचीले 'शान्तिपूर्ण आणविक स्थलहरू' मा इजरायलको आक्रमणको निन्दा गरेका थिए । यसपछि, इरानले इजरायलमा बदला लिने हवाई आक्रमण गरिरहेको छ र अहिले दोहोरो यूद्ध जारी छ ।

    images
    images
    images

    नातान्ज प्लान्ट अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको निरीक्षणमा सञ्चालन भइरहेको इरानले दाबि गरेको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानमाथिका यी आक्रमणहरूलाई इजरायलको अस्तित्वको लागि आवश्यक भनेका छन् ।

    images
    images
    images

    नेतान्याहूले इजरायलले इरानलाई रोकिएन भने, यसले धेरै छोटो समयमा आणविक हतियार बनाउन सक्ने भएकाले अहिले आक्रमण गरिएको दाबि गरेका छन् । इजरायली सेनाले इरानले आणविक बमको लागि आवश्यक सामग्री उत्पादन गर्न उल्लेखनीय प्रगति गरेको प्रमाण रहेको दाबि गरेको छ । यसमा युरेनियम धातु कोर र आणविक विस्फोट सुरु गर्न न्यूट्रोन स्रोतको सुरुवात जस्ता तत्वहरू समावेश रहेको इजरायली सेनाको दाबि छ ।

    अमेरिकामा आधारित हतियार नियन्त्रण संघमा आणविक अप्रसार नीतिका निर्देशक केल्सी डेभेनपोर्टले इजरायली प्रधानमन्त्रीले आफ्नो दाबीलाई समर्थन गर्न अहिलेसम्म कुनै ठोस वा स्पष्ट प्रमाण प्रस्तुत नगरेको बताएकी छन् । उनले इरानले केही महिनामा आणविक बम बनाउन सक्छ भन्ने आकलन नयाँ नभएको बताएकी छन् ।

    गत मार्चमा, अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी ग्याबार्डले अमेरिकी कांग्रेसलाई इरानको 'समृद्ध युरेनियम भण्डार' अहिलेसम्मकै उच्चतम स्तरमा रहेको बताएकी थिइन् । यद्यपि, ग्याबार्डले अमेरिकी गुप्तचर मूल्याङ्कन अनुसार, इरानले हाल आणविक हतियार विकास नगरेको बताएकी थिइन् ।

    हतियार नियन्त्रण संघकी केल्सी डेभेनपोर्टले नेतान्याहूसँग आणविक प्रसारको कुनै वास्तविक खतराको बारेमा जानकारी भएको भए, उनले यसलाई अमेरिकासँग साझा गर्ने थिए भन्दै इजरायलसँग त्यस्तो ठोस प्रमाण थियो भने, यसले सुरुमै इरानका सबै प्रमुख आणविक स्थलहरूलाई लक्षित गर्ने थियो भन्दै इजरायलको अहिलेको इरानमाथिको आक्रमणमा प्रश्न उठाएकी छन् ।

    गत हप्ता, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले आफ्नो पछिल्लो त्रैमासिक प्रतिवेदनमा  इरानले ६० प्रतिशत शुद्धतासम्म समृद्ध युरेनियम जम्मा गरेको उल्लेख गरेको थियो । एजेन्सीले यदि यो स्तर ९० प्रतिशत पुग्यो भने, त्यसबाट प्राविधिक रूपमा नौ आणविक बम बनाउन सकिने उल्लेख गरेको थियो । एजेन्सीले यसलाई गम्भीर चिन्ताको विषय भन्दै इरानको आणविक कार्यक्रम शान्तिपूर्ण हुने कुरामा विश्वास नगर्ने बताएको थियो ।

    इरानको आणविक आधार:

    इरानले सधैं यसको आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण छ र यसले कहिल्यै आणविक हतियार विकास गर्ने प्रयास नगरेको बताएको छ । यद्यपि, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले एक दशक लामो अनुसन्धानमा इरानले १९८० को दशकको अन्त्यदेखि २००३ सम्म 'आणविक विस्फोटक उपकरण' मा काम गरेको र यो परियोजनालाई 'प्रोजेक्ट अमाद' नाम दिइएको बताएको छ ।

    एजेन्सीका अनुसार, इरानले २००९ सम्म केही गतिविधिहरू जारी राख्यो । सोही वर्ष, पश्चिमी देशहरूले इरानले फोर्डोमा एक गोप्य भूमिगत युरेनियम संवर्धन केन्द्र निर्माण गरिरहेको बताएका थिए । यद्यपि, यसपछि इरानमा आणविक हतियार उत्पादनसँग सम्बन्धित कुनै विश्वसनीय प्रयासको कुनै संकेत देखिएको छैन ।

    २०१५ मा, इरानले विश्वका छ महाशक्तिहरूसँग सम्झौतामा हस्ताक्षर गर्‍यो, जस अन्तर्गत यसले आफ्नो आणविक गतिविधिहरूमा धेरै प्रतिबन्धहरू स्वीकार गर्‍यो । यसका साथै, यसले अन्तर्राष्ट्रिय निरीक्षणहरूलाई पनि अनुमोदन गर्‍यो ताकि यसमा लगाइएका प्रतिबन्धहरू हटाउन सकियोस् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा आफ्नो पहिलो कार्यकालमा यो छ-राष्ट्रिय सम्झौताबाट अमेरिकालाई फिर्ता लिए । उनले यो सम्झौता इरानलाई आणविक बम बनाउनबाट रोक्न पर्याप्त नभएको भन्दै इरानमाथि पुन: प्रतिबन्ध लगाए । त्यो सम्झौता अन्तर्गत, इरानलाई १५ वर्षसम्म फोर्डोमा कुनै पनि प्रकारको संवर्धन गर्न अनुमति दिइएको थिएन । यद्यपि, २०२१ मा, इरानले २० प्रतिशत शुद्धतासम्म युरेनियमको संवर्धन पुनः सुरु गरेको बताइएको छ ।

    यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको ३५-राष्ट्रिय बोर्ड अफ गभर्नर्सले औपचारिक रूपमा इरानले २० वर्षमा पहिलो पटक आणविक अप्रसारसँग सम्बन्धित आफ्नो जिम्मेवारीहरू उल्लङ्घन गरेको बतायो । अर्कोतर्फ इरानले 'नयाँ सुरक्षित स्थानमा' थप उन्नत, छैटौं पुस्ताका मेसिनहरूसहित युरेनियम संवर्धन सुरु गर्ने बतायो ।

    इजरायलले इरानको आणविक पूर्वाधारलाई कति क्षति पुर्‍यायो ?

    इजरायली सेनाले गत शुक्रबार गरेको पहिलो हवाई आक्रमणले नातान्जमा भूमिगत सेन्ट्रीफ्यूज हललाई क्षति पुर्‍याएको बताएको छ । यसका साथै, यी आक्रमणहरूमा केन्द्र सञ्चालन गर्न महत्त्वपूर्ण पूर्वाधारमा पनि क्षति पुगेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई नातान्जमा रहेको पाइलट इन्धन समृद्धि प्लान्ट र विद्युत पूर्वाधार नष्ट भएको बताएका छन् । उनले भूमिगत हलमा कुनै प्रत्यक्ष आक्रमणको संकेत नदेखिएको बताए ।

    अमेरिकामा आधारित विज्ञान र अन्तर्राष्ट्रिय सुरक्षा संस्थानले पाइलट इन्धन समृद्धि प्लान्टमा भएको क्षति उल्लेखनीय रहेको बतायो किनकी यो केन्द्र ६० प्रतिशत समृद्ध युरेनियम उत्पादन गर्न र उन्नत सेन्ट्रीफ्यूजहरू विकास गर्न प्रयोग गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।