Logo

२०८३, आश्विन १०गते


images
images

स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

images
  • स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित
    images
    images

    काठमाडौँ । नेपालले स्कटल्याण्डमाथि २ विकेटको जित हासिल गरेको छ ।

    images
    images
    images

    जारी त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

    images
    images
    images

    नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ३० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ र बसिर अहमदले १३ रन बनाए । त्यस्तै किरण ठगुन्नाले १० रन बनाए भने लोकेस बमले ९, कप्तान रोहित पौडेलले ७, अनिल शाहले ३ र रुपेश सिंहले ३ रन बनाएका थिए । त्यस्तै करण केसीले अविजित ३ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुदै ९७ रन बनाएको थियो । 

    स्कटल्याण्डका लागि माइकल लिस्कले सर्बाधिक ४६ रन बनाए भने कप्तान माथ्यु क्रसले १५ रन बनाएका थिए । 

    त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र करण केसीले २-२ तथा ललित राजबंशीले एक विकेट लिए । 

    योसँगै यस सिरिजमा नेपालले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पहिलो खेल जितेको स्कटल्याण्डले दोस्रो खेलमा हार बेहोरेको छ ।

    अब सिरिज अन्तर्गत बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस खेल्दैछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।