Logo

२०८३, आश्विन १०गते


images
images

यहूदीहरूप्रति कुनै दया देखाउने छैनौं : खामेनी

यहूदीहरूप्रति कुनै दया देखाउने छैनौं : खामेनी

images
  • यहूदीहरूप्रति कुनै दया देखाउने छैनौं : खामेनी
    images
    images

    काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इजरायललाई कडा जवाफ दिने बताएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै खामेनीले इजरायललाई कडा जवाफ दिने उल्लेख गर्दै यहुदीहरूमाथि कुनै दया नदेखाउने उल्लेख गरेका छन् । उनले भनेका छन्- 'हामीले आतंकवादी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ । हामी यहूदीहरूलाई कुनै दया देखाउने छैनौं ।'

    images
    images
    images

    यो घोषणा पछि, इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना शर्त आत्मसमर्पण गर्न चेतावनी दिएका थिए । साथै उनले इरानका सर्वोच्च नेता कहाँ छन् भन्ने आफुहरुलाई जानकारी रहेको बताउदै अहिले नै उनलाई नमार्ने उल्लेख गरेका थिए ।

    गत शुक्रबारदेखि शुरु भएको यस युद्धमा इरानमा दर्जनौं शिर्ष सैन्य अधिकारीसहित साढे २ सय भन्दा बढीको ज्यान गएको छ ।

    अमेरिका प्रत्यक्ष रुपमा अहिलेसम्म यस युद्ध सामेल नरहेपनि अब छिट्टै अमेरिका यो युद्धमा सामेल हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्पले क्यानडाबाट फर्केपछि ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेका छन् र मध्य पूर्वमा थप लडाकु विमान पठाउने निर्णय गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।