Logo

२०८३, आश्विन १०गते


images
images

त्रिकोणात्मक टी-२० सिरिजमा आज स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजमा आज स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

images
  • त्रिकोणात्मक टी-२० सिरिजमा आज स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै
    images
    images

    काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दैछन् । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    जारी सिरिजमा स्कटल्याण्डले खेलेका २ खेलमा नेदरल्याण्डसविरुद्ध जित हासिल गरेको थियो भने नेपालविरुद्ध पराजित भएको थियो । त्यस्तै नेदरल्याण्डसले पनि यस अघि खेलेका २ खेलमा स्कटल्याण्डविरुद्ध हार बेहोरेको थियो भने नेपालविरुद्ध जित हासिल गरेको थियो ।

    images
    images
    images

    यस सिरिजमा तिनै देशले खेलेका २-२ खेलमा एक एक जित हासिल गरेका छन् भने एक एक हार बेहोरेका छन् ।

    images
    images
    images

    स्कटल्याण्ड र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १६ पटक आमने सामने भएका छन् । जसमा स्कटल्याण्डले ९ खेल जितेको छ भने नेदरल्याण्डस ७ खेलमा विजयी भएको छ ।

    आइसीसीको टी-२० वरियतामा स्कटल्याण्ड १३औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।

    २० जुनसम्म हुने यस सिरिजको अर्को खेल विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।