Logo

२०८३, आश्विन १०गते


images
images

इरान - इजरायल द्वन्द

इरान - इजरायल युद्ध : अहिलेसम्म केके भयो? कतिको ज्यान गयो ?

इरान - इजरायल युद्ध : अहिलेसम्म केके भयो? कतिको ज्यान गयो ?

images
  • इरान - इजरायल युद्ध : अहिलेसम्म केके भयो? कतिको ज्यान गयो ?
    images
    images

    काठमाडौँ । जुन १३ मा, इजरायलले इरानको 'आणविक कार्यक्रम' सँग सम्बन्धित आधारहरूमा आक्रमण गरेपछि शुरु भएको युद्ध जारी रहेको छ । इरानस्थित गैर-नाफामुखी संस्था मानव अधिकार संस्था 'ह्यूमन राइट्स एक्टिविस्ट्स इन ईरान' ले दुई देशहरू बीच बम विष्फोट सुरु भएदेखि हताहतको संख्याको अनुगमन गरिरहेको छ ।

    images
    images
    images

    संस्थाले इजरायली आक्रमणका कारण इरानमा ४५२ जनाको मृत्यु भएको छ र ६४६ जना घाइते भएको बताएको छ । इजरायली अधिकारीहरूका अनुसार, शुक्रबारदेखि इजरायलमा २४ जनाको मृत्यु भएको छ र ८०० भन्दा बढी घाइते भएका छन् ।

    images
    images
    images

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणमा अमेरिकाले पनि इजरायललाई प्रत्यक्ष रूपमा समर्थन गर्नुपर्छ भन्ने विचार गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    यसअघि, उनले इरानलाई 'बिनाशर्त आत्मसमर्पण' गर्न भनेका थिए । ट्रम्पले अमेरिकाले 'कम्तिमा अहिलेको लागि' इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई नमार्ने समेत बताएका थिए ।

    इजरायलले शुक्रबारदेखि अहिलेसम्म ४०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । इजरायलले इरानको क्षेप्यास्त्र उत्पादन केन्द्र, सेन्ट्रीफ्यूज प्लान्ट र इरानको सेनासँग जोडिएको संस्थामा आक्रमण गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।