Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा मेलमिलापकर्ताहरुले लिए पुनर्ताजगी तालिम

देवदहमा मेलमिलापकर्ताहरुले लिए पुनर्ताजगी तालिम

images
  • देवदहमा मेलमिलापकर्ताहरुले लिए पुनर्ताजगी तालिम
    images
    images

    देवदह । देवदह नगरपालिकामा मेलमिलापकर्ताृहरुको लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले सोमवारदेखि सञ्चालन गरेको तालिम बुधवार (आज) सम्पन्न भएको हो । 

    images
    images
    images

    तालिम समापनको अवसरमा बोल्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले कार्यक्रमले मेलमिलापकर्ताहरुको क्षमता विकासमा टेवा पुग्ने बताए । उनले मुद्धा मामिला सहजीकरण र क्षमता विकासका लागि तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गरे । प्रमुख खरेलले मेलमिलापकर्ताहरूले सरल र समस्या केन्द्रित भएर समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।  

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक विद्यालक्ष्मी गुरुङले समाजमा हुने सामान्य विवादहरु लिएर अदालतसम्म धाउने परम्परालाई अन्त्य गर्दै मेलमिलापकर्ताहरुले त्यस्ता समस्या समाधानको लागि महत्वपूर्ण भुमिका खेल्न आग्रह गरिन् । उपप्रमुख गुरुङले गुणस्तरीय न्याय सम्पादनको लागि मेलमिलापकर्ताहरुको क्षमता विकास जरुरी रहेकोले न्यायिक समितिले यसलाई प्राथमिकतामा राखेर तालिम सञ्चालन गरेको जानकारी दिईन् ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्याल, प्रशिक्षार्थी डिल्लीराज मरासीनी, एलिना हमाल लगाएतले बोलेको थिए । 

    तीन दिनसम्म सञ्चालिनत तालिमको सहजीकरण मेलमिलाप परिषद्का सुचिकृत सहजकर्ता वरिष्ठ अधिवक्ता हेमा न्यौपाने र राधा अधिकारी भट्टराईले गरेका थिए । 

    नगरपालिकामा सृचिकृत ९४ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको तालिम समापन कार्यक्रम मीना भुषालको सञ्चालनमा भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुनर्ताजगी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।