देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले देवदह नगरको नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ खुवाएको छ । शुक्रवार खैरेनीस्थित पाठक फुडल्याण्डमा आयोजित कार्यक्रममा नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका हुन् ।
एमाले देवदहमा टिकाराम चापागाईंको अध्यक्षतामा ७५ सदस्यीय नयाँ समिती चयन भएको छ । जसको उपाध्यक्षमा हिरा थापा, सचिवमा विष्णु अर्याल तथा उप सचिवमा फुलमाया राना र अजय रौनियार चुनिएका छन् ।
७५ सदस्यीय समिती चयन भएको र सबै क्षेत्र र समुदायबाट समानुपातिक प्रतिनिधित्व हुने गरि नयाँ टिम निर्माण भएको निर्वाचन समितिका ऋषिराम सापकोटाले बताए ।
नवनिर्वाचित अध्यक्ष चापागाईं यसअघिको स्थानीय चुनावमा एमालेबाट देवदहको नगरप्रमुखका उम्मेदवार थिए । तत्कालिन अवस्थामा नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलका विचपनि चापागाईं झिनो मतान्तरले नगरप्रमुखमा पराजित भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology