Logo

२०८३, आश्विन १०गते


images
images

इरान - इजरायल द्वन्द

ट्रम्पलाई खामेनीको चेतावनी - धम्कीबाट डराउदैनौं, सैन्य हस्तक्षेप भए जवाफ दिन्छौं

ट्रम्पलाई खामेनीको चेतावनी - धम्कीबाट डराउदैनौं, सैन्य हस्तक्षेप भए जवाफ दिन्छौं

images
  • ट्रम्पलाई खामेनीको चेतावनी - धम्कीबाट डराउदैनौं, सैन्य हस्तक्षेप भए जवाफ दिन्छौं
    images
    images

    काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँगको द्वन्द्व र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानप्रति प्रतिक्रिया जनाएका छन् । खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीबाट नडराउने उल्लेख गर्दै इरानले आत्मसमर्पण नगर्ने स्पष्ट गरेका छन् । खामेनीले ट्रम्पले यसअघि इरानलाई बिना शर्त आत्मसमर्पण गर्न गरेको आग्रहको जवाफ दिएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'अमेरिकी राष्ट्रपतिले हामीलाई आफ्नो आधारहीन बयानहरू मार्फत धम्की दिएका छन् । उनी इरानी जनताबाट आत्मसमर्पणको माग गर्छन् । उनले धम्कीबाट डराउनेहरूलाई धम्की दिनुपर्छ, इरानी जनता यस्ता धम्कीबाट डराउँदैनन् ।'

    images
    images
    images

    साथै उनले अमेरिकालाई कुनै पनि प्रकारको सैन्य हस्तक्षेप गरेमा त्यसको जवाफ निश्चित रूपमा अपूरणीय क्षतिको रूपमा दिइने समेत चेतावनी दिएका छन् । खामेनीले अगाडी भनेका छन्- 'इरान, यसका जनता र यसको इतिहास जान्ने बुद्धिमान व्यक्तिहरूले कहिल्यै पनि यो देशलाई धम्कीको भाषामा कुरा गर्दैनन्, किनभने इरानीहरू आत्मसमर्पण गर्ने मानिसहरू होइनन् ।'

    images
    images
    images

    खामेनीले आफुहरुको अमेरिकासँग अप्रत्यक्ष रूपमा वार्ता भइरहेका बेला इरानमाथि आक्रमण गरिएको भन्दै इरानको तर्फबाट सैन्य कदम चाल्ने कुनै संकेत न नभएको अवस्थामा आक्रमण गरिएको उल्लेख गरेका छन् । उनले इजरायलले इरानमाथि गरेको आक्रमणमा अमेरिका संलग्न भएको समेत दाबि गरेका छन् ।

    उनले भनेका छन्- 'यहूदी शासनले गरेको दुर्भावनापूर्ण कदममा अमेरिका संलग्न रहेको पहिले नै शंका गरिएको थियो, तर उनीहरूको हालैको टिप्पणीलाई विचार गर्दा, यो शंका दिन प्रतिदिन बलियो हुँदै गइरहेको छ ।'

    गत शुक्रवार इजरायलले गरेको आक्रमणपछि इजरायल र इरान युद्धमा रहेका छन् । यस युद्धमा अहिलेसम्म इरानमा उच्च सैनिक अधिकारीहरुसहित साढे ४ सयभन्दा बढीको मृत्यु भएको छ भने इजरायलमा कम्तिमा २४ जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।