Logo

२०८३, आश्विन १०गते


images
images

इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण

इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण

images
  • इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
    images
    images

    काठमाडौँ । इरानको क्षेप्यास्त्र आक्रमणमा इजरायली अस्पतालमा क्षति पुगेको छ र धेरै जना घाइते भएका छन् । इजरायलले इरानलाई आफ्नो क्षेप्यास्त्र आक्रमणमा सिधै अस्पताललाई लक्षित गरेको आरोप लगाएको छ ।

    images
    images
    images

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक संजालमा लेखेका छन्- 'आज बिहान, इरानका आतंकवादी तानाशाहहरूले बेरशेबाको सोरोका अस्पताल र नागरिक जनसंख्यामा क्षेप्यास्त्र प्रहार गरेका छन् । इरानका तानाशाहहरूले यसको पूर्ण मूल्य चुकाउनेछन् ।'

    images
    images
    images

    इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार, इरानको हालैको आक्रमणपछि कम्तिमा ६५ जना घाइते भएका छन्, जसको उपचार भइरहेको बताएका छन् ।

    images
    images
    images

    इजरायली सैन्य अधिकारीले हालैको आक्रमणमा इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।

    इजरायलले इरानलाई दक्षिणी इजरायलको बेरशेबामा रहेको सोरोका अस्पताल सहित नागरिक क्षेत्रहरूलाई लक्षित गरेको आरोप लगाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।