Logo

२०८३, आश्विन १०गते


images
images

विपिनको कप्तानीमा १४ सदस्यीय इस्ट जोन प्रतियोगिता खेल्ने यू-१६ टिमको घोषणा

विपिनको कप्तानीमा १४ सदस्यीय इस्ट जोन प्रतियोगिता खेल्ने यू-१६ टिमको घोषणा

images
  • विपिनको कप्तानीमा १४ सदस्यीय इस्ट जोन प्रतियोगिता खेल्ने यू-१६ टिमको घोषणा
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिमको घोषणा गरेको हो ।

    images
    images
    images

    नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।
    २२ जुन देखि जुलाई ५ सम्म हुने एसिसिस यू-१६ इष्ट जोन प्रतियोगिता एकदिवसीय फर्म्याटमा मलेसियामा हुदैछ ।

    images
    images
    images

    नेपालले महिलो खेल २२ जुनमा सिंगापुरविरुद्ध खेल्दैछ भने दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।