Logo

२०८३, कार्तिक २९गते


images
images

भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही

भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही

images
  • भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानविन हुनु्पर्ने बताएका छन् ।

    images
    images
    images

    बिहीबार प्रतिनिधिसभामा बोल्दै शाहीले भिजिट भिसा प्रकरणलाई कुनै दल विशेषको एजेण्डा बनाउन नहुने र यस अघि गृहमन्त्री बनेका १४ जनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।

    images
    images
    images

    उनले भने- ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । यो हामी सबैको साझा मुद्दा हो । आज एक जना गृहमन्त्रीको कुरा होइन । १४ जना गृहमन्त्रीको कुरा हो । २०६४ सालदेखि अहिलेसम्मको कुरा हो ।'

    images
    images

    सांसद शाहीले भिजिट भिसाको नामा लाखौं मान्छेहरु बेचिएको बताउँदै एक जना सांसदले विरोध गर्दा पनि सदन सुचारु हुन नहुने बताए । राप्रपाले विरोधको वाबजुद पनि संसद् चलाएको बन्दै आज पनि संसद् बहिस्कार गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।