Logo

२०८३, आश्विन १०गते


images
images

टी-२० सिरिजको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

टी-२० सिरिजको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

images
  • टी-२० सिरिजको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड भिड्दै
    images
    images

    काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । 

    images
    images
    images

    स्कटल्याण्डमा हुने यो सिरिजमा नेपालले ३ खेलमा २ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यस्तै स्कटल्याण्डले यसअघि खेलेका ३ खेलमा एक खेल जितेको छ भएन २ खेलमा हार बेहोरेको छ । त्यस्तै सिरिजका सबै चार खेल खेलेको नेदरल्याण्डसले २ जित र दुई हार बेहोरेको छ । 

    images
    images
    images

    नेपालले एक खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने स्कटल्याण्ड र नेदरल्याण्डसलाई एक एक खेलमा पराजित गरेको थियो ।  नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म केवल २ टी-२० खेलिएको छ जसमा एक नेपालले र एक स्कटल्याण्डले जितेको छ ।   

    images
    images
    images

    आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने स्कटल्याण्ड १३औं स्थानमा रहेको छ ।

    यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।