Logo

२०८३, आश्विन १०गते


images
images

विश्व व्यापार

युरोपेली संघमा गुगललाई झट्का, ४.१ अर्ब युरो जरिवानाको मुद्दाको अपिल खारेज हुदै

युरोपेली संघमा गुगललाई झट्का, ४.१ अर्ब युरो जरिवानाको मुद्दाको अपिल खारेज हुदै

images
  • युरोपेली संघमा गुगललाई झट्का, ४.१ अर्ब युरो जरिवानाको मुद्दाको अपिल खारेज हुदै
    images
    images

    काठमाडौँ । अमेरिकी कम्पनी अल्फाबेटको गुगललाई युरोपेली संघको सर्वोच्च अदालतबाट ठूलो झट्का लागेको छ । सर्वोच्च अदालतका सल्लाहकार जुलियन कोकोटले गुगलमाथि ४.१ अर्ब युरो (लगभग ४.९८ अर्ब डलर) जरिवानाको निर्णयको पक्ष लिएकी छन् । गुगलले इयुको प्रतिस्पर्धा विरोधी जरिवानाको विरुद्धमा अपील गरेको थियो ।

    images
    images
    images

    अब गुगलको यो अपिल खारेज हुने सम्भावना रहेको बताइएको छ । गुगलमाथि प्रतिद्वन्द्वी कम्पनीहरूलाई दबाउन एन्ड्रोइड प्रयोग गरेको आरोप छ ।

    images
    images
    images

    इयुको सर्वोच्च अदालतका सल्लाहकार जुलियन कोकोटले सात वर्षअघि गुगलमाथि लगाइएको ४.३४ अर्ब युरो (४.९८ अर्ब डलर) जरिवानाको विरुद्धमा लड्न इयुका प्रतिस्पर्धा विरोधी नियामकहरूको पक्ष लिएकी छन् ।

    images
    images
    images

    युरोपेली आयोगले २०१८ को आफ्नो निर्णयमा अमेरिकी कम्पनी गुगलले प्रतिस्पर्धीहरूलाई रोक्नको लागि आफ्नो एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टम प्रयोग गरेको आरोप लगाइएको थियो । २०२२ मा तल्लो अदालतले इयुको निर्णयलाई समर्थन गर्‍यो, तर जरिवानाको रकम घटाएर ४.१ अर्ब युरो पुर्‍यायो, त्यसपछि गुगलले सर्वोच्च अदालतमा यो निर्णयलाई चुनौती दियो ।

    लक्जमबर्गस्थित कोर्ट अफ जस्टिसका महाधिवक्ता जुलियन कोकोटले आफ्नो गैर-बाध्यकारी रायमा अदालतलाई गुगलको अपील खारेज गर्न र तल्लो ट्रिब्युनलले लगाएको कम जरिवानाको समर्थन गर्न सल्लाह दिएकी छन् । उनले गुगलले दिएको तर्क अप्रभावी रहेको भन्दै कम्पनीको तर्कलाई अस्वीकार गरेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।