Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा निर्वाचनबाट विद्यार्थी क्याप्टेन चयन

सगरमाथामा निर्वाचनबाट विद्यार्थी क्याप्टेन चयन

images
  • सगरमाथामा निर्वाचनबाट विद्यार्थी क्याप्टेन चयन
    images
    images

    देवदह । सगरमाथा आवासीय मा.वि. देवदह-७, शीतलनगरमा विद्यार्थीहरुलाई निर्वाचनबारे अभ्यास गराइएको छ । प्रजातान्त्रिक परिपाटीबारे प्रयोगात्मक ज्ञान  दिन र नेतृत्व चयनमा प्रजातान्त्रिक प्रणालीलाई अवलम्बन गर्ने उद्देश्यले विद्यार्थीहरुलाई निर्वाचनको अभ्यास गराइएको हो । 

    images
    images
    images

    कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु मतदाता रहेको निर्वाचनबाट जस्मीन गुरुङ क्याप्टेन पदमा निर्वाचित भएकी छन् । खसेको कुल चार सय ७२ मत मध्ये अन्य दुई जना प्रतिष्पर्धीलाई पराजित गर्दै उनी विद्यालयको क्याप्टेन बनेकी हुन् ।  

    images
    images
    images

    त्यसैगरी भाइस क्याप्टेन पदमा सर्वाधिक दुई सय ११ मत प्राप्त गरी स्वयम नेपाली निर्वाचित भएका छन् । उनले अन्य तीन प्रतिस्पर्धीलई पराजित गर्दै भाइस क्याप्टेन बनेका हुन् ।  

    images
    images
    images

    प्रमुख निर्वाचन अधिकारी एवम् शिक्षक सुमन पाण्डेका अनुसार मतदानमा ९४.२५ प्रतिशत मत खसेको थियो । जसमा ५ मत बदर भएको थियो । 

    निर्वाचित प्रतिनिधिहरुलाई बधाई एवम् शुभकामना दिदै विद्यालयका प्राचार्य  श्री कृष्ण प्रसाद पौडेलले नेतृत्व विकासका लागि निर्वाचन कार्यक्रमको अभ्यासले विद्यार्थीहरुलाई व्यावहारिक र प्रयोगात्मक ज्ञान प्रदान गर्ने बताए ।  

    विद्यालयका सह-प्राचार्य प्रदीप अधिकारी र अतिरिक्त क्रियाकलाप प्रमुख दधिराम ज्ञवलीको समन्वय र सक्रियतामा निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्यार्थी क्याप्टेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।