धनगढी । डोटीमा शुक्रबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
अपराहन्न करिब १: ४५ मौवाको खिराधारमा आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जीप करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जना घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुघटनामा घाइते पाँच जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology