Logo

२०८३, आश्विन १०गते


images
images

त्रिकोणात्मक टी-२० सिरिज

स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डसँग नेपाल पराजित

images
  • स्कटल्याण्डसँग नेपाल पराजित
    images
    images

    काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित भएको हो ।  

    images
    images
    images

    स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुदै १५९ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    नेपालका लागि रुपेश सिंहले अविजित ४३ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३४, कप्तान रोहित पौडेलले २७, आसिफ सेखले १४, भीम सार्कीले १२ रन बनाएका थिए । 

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।

    स्कटल्याण्डका लागि जर्ज मुनसीले सर्बाधिक ७८ रन बनाएका थिए भने ब्राण्डन म्याकुलनले ४२ रन बनाएका थिए । त्यस्तै माइकल लिस्कले अविजित २६ रन बनाए भने म्याथ्यु क्रसले १७ रन बनाएका थिए ।

    त्यसैगरी नेपाल इब्ल्र कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजबंशी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

    योसँगै यो सिरिजमा स्कटल्याण्ड, नेपाल र नेदरल्याण्डसको ४-४ अंक भएको छ र रनरेटको आधारमा स्कटल्याण्डले सिरिज जितेको छ । तिनै देशले २ जित र २ हारसहित ४-४ अंक हासिल गरेका हुन् । नेपाल दोस्रो र नेदरल्याण्डस तेस्रो स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।