Logo

२०८३, आश्विन १०गते


images
images

इजरायल–इरान युद्ध :

द्वन्द्व दोस्रो हप्तामा प्रवेश, आक्रमण र प्रतिकार जारी

द्वन्द्व दोस्रो हप्तामा प्रवेश, आक्रमण र प्रतिकार जारी

images
  • द्वन्द्व दोस्रो हप्तामा प्रवेश, आक्रमण र प्रतिकार जारी
    images
    images

    काठमाडौं । इजरायल र इरानबीचको द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरेको छ । इजरायलले इरानका मिसाइल भण्डारण र प्रक्षेपण केन्द्रमा हवाई आक्रमण तीव्र बनाउँदै आएको छ भने इरानले पनि इजरायली क्षेत्रहरूमा मिसाइल प्रहार गर्दै प्रतिकार जारी राखेको छ ।

    images
    images
    images

    अल जजीराका पछिल्ला रिपोर्ट अनुसार इजरायलले तेहरान लगायत इरानका प्रमुख सैन्य तथा आणविक लक्ष्यहरूमा आक्रमण गरेको छ । त्यस्तै, इरानले इजरायली दक्षिणी शहर बीयरशेबामा मिसाइल प्रहार गरी आवासीय क्षेत्रहरूमा क्षति पुर्याएको बताइएको छ ।

    images
    images
    images

    संयुक्त राष्ट्र संघका महासचिव एन्तोनियो गुटेरेसले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् भने युरोपेली संघले युद्धको अन्त्य र कूटनीतिक समाधानको लागि पहल गर्न जोड दिएको छ ।

    images
    images
    images

    इरानले इजरायलको आक्रमण रोकिएपछि मात्र आणविक वार्ता गर्न तयार रहेको जनाएको छ । तर इजरायलले भने आफ्ना ‘आणविक धम्की’ समाप्त नभएसम्म आक्रमण जारी राख्ने अडान लिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।