काठमाडौं । सरकारले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल प्रतिनिधिसभामा जारी छ । आज विहान ११ बजे बस्ने संसद् बैठकमा विभिन्न १० वटा मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्तावमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन विषयमा छलफल हुनेछ ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट प्रस्तावमाथि पनि छलफल हुने कार्यसूची तय भएको छ ।
अर्कोतर्फ, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका खर्च कटौती सम्बन्धी प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन् । सांसद डा. अमरेशकुमार सिंहले सङ्घीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालयका खर्च कटौती गरी निश्चित रकम कायम गर्नुपर्ने प्रस्ताव संसद्मा राख्ने कार्यक्रम रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology