Logo

२०८३, आश्विन १०गते


images
images

इजरायल - इरान युद्ध

बेलायतले इरानस्थित दूतावासबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

बेलायतले इरानस्थित दूतावासबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

images
  • बेलायतले इरानस्थित दूतावासबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो
    images
    images

    काठमाडौँ । इरान र इजरायलबीच जारी युद्धको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै, बेलायतले इरानस्थित दूतावासबाट आफ्ना कर्मचारीहरूलाई फिर्ता बोलाएको छ ।

    images
    images
    images

    बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयले विज्ञप्तिमा जारी गर्दै सावधानी अपनाउन इरानबाट बेलायती कर्मचारीहरूलाई अस्थायी रूपमा फिर्ता बोलाएको जानकारी दिएको छ । कार्यालयले भनेको छ- 'हाम्रो दूतावास अझै पनि टाढाबाट काम गरिरहेको छ।'

    images
    images
    images

    यस हप्ताको सुरुमा, बेलायतले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै इजरायलस्थित दूतावास र वाणिज्य दूतावासमा काम गर्ने कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई अस्थायी रूपमा फिर्ता बोलाउने बताएको थियो ।

    images
    images
    images

    त्यस्तै यसअघि अस्ट्रेलियाले पनि आफ्ना कर्मचारीलाई फिर्ता बोलाउदै दुताबासको कामलाई अस्थायी रुपमा स्थगन गर्ने निर्णय गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।