Logo

२०८३, आश्विन १०गते


images
images

विमान दुर्घटना प्रकरणमा एयर इन्डियाका उपाध्यक्षसहित तीन अधिकारीमाथि कारवाही

विमान दुर्घटना प्रकरणमा एयर इन्डियाका उपाध्यक्षसहित तीन अधिकारीमाथि कारवाही

images
  • विमान दुर्घटना प्रकरणमा एयर इन्डियाका उपाध्यक्षसहित तीन अधिकारीमाथि कारवाही
    images
    images

    काठमाडौँ । भारतको नागरिक उड्डयन महानिर्देशनालयले एयर इण्डियाका एक डिभिजनल उपाध्यक्षसहित आफ्ना तीन अधिकारीमाथि कारवाही गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनापछि महानिर्देशनालयले अहिलेसम्मको अनुसन्धानपछि सुरक्षा सम्बन्धी कारबाही शुरु गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । महानिर्देशनाले एयर इन्डियाका डिभिजनल उपाध्यक्षसहित आफ्ना तीन अधिकारीहरूलाई चालक दलको तालिका र रोस्टरिङसँग सम्बन्धित सबै भूमिका र जिम्मेवारीबाट हटाउन आदेश दिएको हो ।

    images
    images
    images

    महानिर्देशनालयले दिएको आदेशमा एयर इन्डियालाई यी अधिकारीहरूविरुद्ध तुरुन्तै आन्तरिक अनुशासनात्मक कारबाही सुरु गर्न समेत निर्देशन दिएको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    यसअघि, महानिर्देशनालयले आपतकालीन उपकरणहरू जाँच गर्ने निर्धारित मितिभन्दा बढी समय बाँकी हुँदा पनि तीनवटा एयरबस विमानहरूले उडान भर्दा सुरक्षा नियमहरू उल्लङ्घन गरेकोमा एयर इन्डियालाई चेतावनी दिएको थियो । 

    रिपोर्ट अनुसार, घटनास्थलको अनुसन्धानले निर्धारित समयभन्दा बढी समय बाँकी हुँदा पनि महत्त्वपूर्ण आपतकालीन उपकरणहरूमा एस्केप स्लाइडहरूको अनिवार्य निरीक्षण सञ्चालन गरिएको पत्ता लगाएको छ । एक अनुसन्धानले एयरबस ए ३२० जेटको निरीक्षण मे १५ मा हुनुभन्दा एक महिनाभन्दा बढी समय ढिलो भएको पत्ता लगाएको छ । साथै राडार डेटाले ढिलाइको समयमा, विमान दुबई, रियाद र जेद्दाह जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडेको देखिएको थियो ।

    जुन १२ मा, २४२ यात्रु र चालक दलका सदस्यहरू लिएर लन्डन जाँदै गरेको एयर इन्डियाको एआइ १७१ विमान उडान भरेको केहि सेकन्डमै दुर्घटना हुदा विमानमा रहेका एक जना बाहेक सबै यात्रुको मृत्यु भएको थियो भने जमिनमा रहेका २९ जनाको मृत्यु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।