देवदह । रुपन्देहीको देवदहमा युगीन खुला रचना वाचनसंगै सङ्गीतिक प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ । युगीन साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष गणेश न्यौपानेको अध्यक्षता र साहित्यकार डा. श्यामप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै डा. न्यौपानेले साहित्यको विकासमा राज्यले लगानी गर्न नसकेको बताए । उनले साहित्य र संगीतलाई संगसंगै अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका पूर्व प्रमुख मित्रलाल न्यौपाने, चन्द्रकान्त पराजुली, यज्ञप्रसाद न्यौपाने लगायतले बोल्दै साहित्यको विकासका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

गायक भगेन्द्र भगतको सुगम सागीतिक प्रस्तुति रहेको कार्यक्रममा तिलक भट्टराई, सुमित पाण्डे, विनोद उदय, जयकिशन अधिकारी, विश्वदिप गुप्ता, तुल्सीराम पाण्डे, आकृति लुईटेल, दुर्गालाल तिवारी, माधवप्रसाद भट्टराई, उमा देवकोटा लगाएतले रचना वाचन गरेका थिए । तिर्थराज भण्डारीको स्वागत र नारायण भूषालको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology