गुल्मी । छत्रकोट गाउँपालिका–४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयको प्रधानाध्यापकमा मिना गौतम नियुक्त भएकी छन् । शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले गौतमलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको हो ।
विगत १८ वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएकी गौतम यसअघि सहायक प्रधानाध्यापकको भूमिकामा कार्यरत थिइन् ।
विद्यालयका पूर्व प्रधानाध्यापक विकासचन्द्र खरेललाई गाउँपालिकाले सरुवा गरेपछि गौतमले प्रधानाध्यापकको औपचारिक जिम्मेवारी सम्हालेकी हुन् ।
प्रधानाध्यापक बनेपछि उनले विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय पक्षमा गुणस्तरीय सुधार ल्याउने अठोट व्यक्त गरेकी छन् । विद्यालयको साखलाई थप उच्च बनाउने प्रतिबद्धता जनाउँदै उनले समग्र हितका लागि सबैको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गरिन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology