Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

श्रीलंका र बंगलादेशबीचको पहिलो टेस्ट बराबरी

श्रीलंका र बंगलादेशबीचको पहिलो टेस्ट बराबरी

images
  • श्रीलंका र बंगलादेशबीचको पहिलो टेस्ट बराबरी
    images
    images

    काठमाडौँ । श्रीलंका र बंगलादेश बीचको पहिलो टेस्ट बराबरी भएको छ । बंगलादेशले शनिबार पाँचौं दिन २८५/६ को स्कोरमा दोस्रो इनिङ घोषणा गरेको थियो । त्यसपछि श्रीलंकाले २९६ रनको लक्ष्य पाएको थियो । श्रीलंकाको ४ विकेट गुमाएर ७२ रन बनाएपछि खेल सकिएको थियो र खेल बराबरी भयो ।

    images
    images
    images

    गाले टेस्टमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो । टोलीले पहिलो इनिङमा ४९५ रन बनाएको थियो । जवाफमा, श्रीलंकाको टोली पहिलो इनिङमा ४८५ रनमा अलआउट भयो। पाँचौं दिन वर्षाका कारण खेल धेरै पटक रोकिएको थियो ।

    images
    images
    images

    श्रीलंकाका अलराउन्डर एन्जेलो म्याथ्यूजले टेस्ट क्रिकेटबाट सन्यास लिए, यो उनको अन्तिम टेस्ट म्याच थियो । सिरिजको दोस्रो खेल जुन २५ मा कोलम्बोमा खेलिनेछ ।

    images
    images
    images

    पाँचौं दिन, बंगलादेशले दोस्रो इनिङमा १७७/३ को स्कोरबाट अगाडि खेल्न सुरु गर्यो । यसपछि, टोलीले १०८ रन थप्यो र खाजा पछि २८५/६ को स्कोरमा इनिङ घोषणा गर्‍यो । दोस्रो इनिङमा पनि नजमुल हुसेन शान्तोले १२५ रनको अविजित इनिङ खेले । उनले पहिलो इनिङमा पनि १४८ रन बनाएका थिए । उनलाई प्लेयर अफ द म्याच चुनियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।