Logo

२०८३, आश्विन १०गते


images
images

मोदीले गरे इरानका राष्ट्रपतिसँग टेलिफोन कुराकानी

मोदीले गरे इरानका राष्ट्रपतिसँग टेलिफोन कुराकानी

images
  • मोदीले गरे इरानका राष्ट्रपतिसँग टेलिफोन कुराकानी
    images
    images

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसूद पेजेश्कियानसँग फोनमा कुराकानी गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री मोदीले आफुले इरानका राष्ट्रपतसँग फोनमा कुराकानी गरेको जानकारी दिदै लेखेका छन्- 'मैले इरानका राष्ट्रपतिसँग कुरा गरे । हामीले वर्तमान अवस्थाको बारेमा विस्तृत रूपमा छलफल गर्यौं । हालै बढेको तनावप्रति गहिरो चिन्ता व्यक्त गरे । तत्काल तनाव कम गर्न, संवाद र कूटनीति अगाडि बढाउन हाम्रो आह्वान दोहोर्‍याए र क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरताको चाँडै पुनर्स्थापनाको माग गरे ।'

    images
    images
    images

    इरान र इजरायलबीचको युद्ध जारीरहेकै बेला भारतले इरानबाट एक हजारभन्दा बढी भारतीय विद्यार्थीलाई फिर्ता ल्याएको छ । यसका लागि इरानले आफ्नो हवाई क्षेत्र खोलेर सहयोग गरेको भरतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    अमेरिकाले आइतवार बिहान इरानका फोर्डो, नातान्ज र इस्फहानमा रहेको इरानको आणविक स्थलहरूमा आक्रमण गरेको थियो ।

    यो आक्रमणपछि इरान र इजरायलबीच द्वन्द्व थप फैलिने खतरा रहेकोमा विश्वभर चिन्ता व्यक्त गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।