बुटवल । लुम्बिनी कानूनी अनुसन्धान केन्द्रले सामाजिक रूपमा पछि पारिएका वर्गका महिलालाई लक्षित गर्दै कानूनी साक्षरता कार्यक्रम गरेको छ । दुई दिने कार्यक्रममा अल्पसंख्यक, मुस्लिम, दलित, पिछडा वर्ग र गैरदलित समुदायका ७४ जना महिला सहभागी भएको जनाइएको छ ।
कार्यक्रमको औपचारिक समारोहमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कानूनी जानकारीबाट वञ्चित महिलाहरूलाई सशक्त बनाउने यस्ता अभ्यासहरू स्थानीय तहको सहकार्यमा निरन्तर हुनुपर्ने आवश्यकता धारणा राखे । उनले कानूनी ज्ञानले महिलाहरूलाई आफूमाथि हुने विभेद, हिंसा र शोषणविरुद्ध बोल्न र प्रतिकार गर्न मद्दत पुर्याउने बताए ।
कार्यक्रममा सहभागी महिलाहरूले कानूनी प्रक्रिया, न्यायिक पहुँच, नागरिक अधिकार र लैंगिक समानताका विषयमा जानकारी लिएको जनाइएको छ ।
संस्थाका अध्यक्ष घिमिरेको अध्यक्षतामा सम्पन्न समारोहमा सहिद स्मृति प्रतिष्ठान नेपाल, रूपन्देहीका अध्यक्ष हरिप्रसाद घिमिरे अधिवक्ता विमल गिरी, संस्थाका सचिव अधिवक्ता अनुप पोख्रेल लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology