Logo

२०८३, आश्विन १०गते


images
images

इरान–इजरायल युद्ध

आणविक स्थलको निरीक्षण गर्न इरानमा युद्धविरामको माग

आणविक स्थलको निरीक्षण गर्न इरानमा युद्धविरामको माग

images
  • आणविक स्थलको निरीक्षण गर्न इरानमा युद्धविरामको माग
    images
    images

    काठमाडौँ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानमा युद्ध विरामको माग गरेका छन् ।

    images
    images
    images

    एजेन्सीका प्रमुख राफेल ग्रोसीले इरानको आणविक स्थलहरूको निरीक्षण गर्न इरानमा युद्धविरामको लागि अपील गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'जमिनी वास्तविकता स्थापना गर्नु कुनै पनि सम्झौताको लागि आवश्यक शर्त हो र यो उर्जा एजेन्सीको अनुसन्धान मार्फत मात्र सम्भव छ । आवश्यक सुरक्षा र सुरक्षा अवस्था कायम राख्न शत्रुता अन्त्य गर्नु आवश्यक छ,  ताकि एजेन्सीको टिम इरानको अवस्थाको मूल्याङ्कन गर्न ती ठाउँहरूमा जान सकून् ।'

    images
    images
    images

    यसअघि, अमेरिकाले आइतवार इरानका तीन आणविक स्थलहरूमा आक्रमण गरेपछि अहिले विश्वको ध्यान इरानका आणविक स्थलहरुको अवस्था कस्तो छ भन्ने रहेको छ । विभिन् स्याटलाइट तस्बीरहरुले अमेरिकी आक्रमणबाट पुगेको क्षतिको अनुमान गरिएको भएपनि वास्तविक रुपमा अमेरिकाको आक्रमणले कति क्षति पुगेको छ भन्ने स्पष्ट जानकारी अहिलेसम्म बाहिर आएको छैन  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आणविक स्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।