Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

images
  • देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
    images

    काठमाडौँ । आगामी २४ घण्टामा देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा अन्य प्रदेशका केही भू-भागहरूमा वर्षा हुने अनुमान गरिएको छ ।

    images
    images
    images

    यस्तै, वर्षासँगै नदी नाला र खोलानालाहरूमा पानीको सतह बढ्ने, आकस्मिक बाढी, भूक्षय, पहिरो तथा गेड्गाँड बहाव जस्ता प्रकोपहरू हुन सक्ने सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

    images
    images

    कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू-भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रहरूमा पनि साधारण बदलीका साथ हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ ।

    मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा वर्षा हुन सक्नेछ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागहरूमा पनि आंशिकदेखि साधारण बदली रही थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।