देवदह । एसियन लाइट इङ्ग्लिस बोर्डिङ स्कुलमा अटिजमसम्बन्धी अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । समर्पण बाल गृह अटिजम केयर सेन्टर बुटवलको प्राविधिक सहयोगमा केरवानी स्वास्थ्य चौकीले अटिजमबारे विद्यालयस्तरमा चेतना फैलाउन प्रशिक्षण दिएको जनाइएको छ ।
कार्यक्रममा समर्पण बाल गृहकी संस्थापक अध्यक्ष तथा देवदह मेडिकल कलेजकी एसोसियट प्रोफेसर डा. शान्ता शर्माले प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रे, देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले बोलेका थिए ।
वडा नम्बर १ र २ का विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, किशोर–किशोरी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष दल बहादुर राकसकोटीको अध्यक्षता, केरवानी स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक काशीराम रेग्मीको संचालन तथा एसियन लाइट इङ्ग्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक बोधराज गौडेलले स्वागत मन्तव्य रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology