Logo

२०८३, आश्विन १०गते


images
images

इरान र इजरायल युद्धविरामका लागि सहमत भए : ट्रम्प

इरान र इजरायल युद्धविरामका लागि सहमत भए : ट्रम्प

images
  • इरान र इजरायल युद्धविरामका लागि सहमत भए : ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको बताएका छन् । दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले उल्लेख गरेका छन् ।

    images
    images
    images

    ट्रम्पले लेखेका छन्- 'आधिकारिक रूपमा, इरानले युद्धविराम सुरु गर्नेछ । यसको १२ घण्टापछि, इजरायलले युद्धविराम गर्नेछ । २४ घण्टापछि, १२ दिनको युद्ध आधिकारिक रूपमा समाप्त हुनेछ, जसलाई सम्पूर्ण विश्वले सलाम गर्नेछ । युद्धविरामको समयमा, अर्को पक्षले शान्तिपूर्ण र सम्मानजनक व्यवहार गर्नेछ ।'

    images
    images
    images

    ट्रम्पले भनेका छन्- '१२ दिने युद्ध' अन्त्य गर्न सहनशक्ति, साहस र बुद्धिमत्ता देखाएकोमा म दुवै देश - इजरायल र इरानलाई बधाई दिन चाहन्छु ।'

    images
    images
    images

    उनले यो युद्ध लामो समयसम्म जान सक्ने थियो भन्दै युद्धविराम भएकोमा खुशी व्यक्त गरेका छन् । त्यस्तै ह्वाइटहाउसले पनि इरानले आक्रमण रोकेमा आफुहरु युद्धविरामका लागि सहमत भएको इजरायलले बताएको जानकारी दिएको छ ।

    इरान र इजरायलबीच युद्धविराम गराउन कतारले कुटनीतिक भूमिका खेलेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    यसअघि गएराती इरानले कतारस्थित अमेरिकी सैन्य आधार सिविरमा मिसाइल आक्रमण गरेको थियो । आफ्ना तीन परमाणु केन्द्रमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप इरानले अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेको बताएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।