Logo

२०८३, आश्विन १०गते


images
images

'टेक एन्ड पे' हटाउन कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी !

'टेक एन्ड पे' हटाउन कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी !

images
  • 'टेक एन्ड पे' हटाउन कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी !
    images
    images

    काठमाडौँ । बजेटमा व्यवस्था गरिएको जलविद्युत क्षेत्रमा 'टेक एन्ड पे' को व्यवस्थाले सत्ता गठबन्धनमा संकट ल्याएको छ । नेपाली कांग्रेसले बजेटमा गरिएको 'टेक एन्ड पे' को व्यवस्था हटाउन अर्थमन्त्री विष्णु पौडललाई चेतावनी दिएको हो ।

    images
    images
    images

    कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्री पौडेललाई बजेटबाट टेक एण्ड पे' को व्यवस्था नहटाए बजेट पारित नहुने चेतावनी दिएको कांग्रेसका एक सांसदले जानकारी दिएका छन् । सभापति देउवाले आफुले कांग्रेसका सांसदहरुलाई रोक्न नसक्ने र यो विषयले सत्ता गठबन्धनमै संकट ल्याउने भन्दै सो व्यवस्था हटाएर पुरानै व्यवस्था कायम गर्न अर्थमन्त्री पौडेललाई भनेका हुन् ।

    images
    images
    images

    यसअघि सोमबारनै उर्जामन्त्री दिपक खड्काले प्रतिनिधि सभाको बैठकमा उर्जा मन्त्रालयले बजेटमा गरिएको 'टेक एण्ड पे' को व्यवस्था हटाउन अर्थ मन्त्रालयमा पत्र लेखिसकेको जानकारी दिएका थिए ।

    images
    images
    images

    मन्त्री खड्काले संसदमा भनेका थिए- 'टेक एन्ड पेको विषय चर्चामा छ । सांसदहरूको प्रश्न पनि अलि बढी केन्द्रित भएको थियो । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त राय सुझाव समेतको आधारमा १० मेगावाटसम्म साना जलविद्युत आयोजनाका साथै विद्युत् खपत वा निर्यात सुनिश्चित भएका ठूला रन अफ रिभर आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता टेक अर पे प्रावधान नै गर्न उपयुक्त हुने भएकोले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेठ २७ को पत्रमार्फत संशोधन गरी अर्थ मन्त्रालयमा अनुरोध गरेर पठाएको ब्यहोरा जानकारी गराउन चाहन्छु ।' 

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संसदमा पेस गरेको बजेट वक्तव्यको बुँदा नम्बर २२७ मा भनिएको छ- 'जलविद्युत आयोजना सम्पन्न हुने समय तालिकासँग संगति मिल्ने गरी सब स्टेशन र प्रशारण लाइन निर्माण गरिनेछ । विद्युत उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत खरिद सम्झौता गर्ने नीति लिइनेछ । रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत खरिद सम्झौता गरिनेछ ।'

    प्रतिनिधि सभाको बैठकमा मंगलबार बजेट पारित गर्ने तयारी गरिएको छ । यसका लागि कांग्रेस र एमाले संसदीय दलका प्रमुख सचेतकले आ-आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित भएर बजेटका पक्षम अनिवार्य रुपमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।