Logo

२०८३, आश्विन १०गते


images
images

इरान - इजरायली युद्ध

इरानको आक्रमणमा तीन इजरायलीको मृत्यु

इरानको आक्रमणमा तीन इजरायलीको मृत्यु

images
  • इरानको आक्रमणमा तीन इजरायलीको मृत्यु
    images
    images

    काठमाडौँ । इजरायलमा इरानको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    इजरायलको अग्नि तथा उद्धार सेवाले देशको दक्षिणी भागमा इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा तीन जनाको मृत्यु भएको बताएको छ ।

    images
    images
    images

    इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोमले घटनास्थलको विवरण दिँदै भने, 'हामीले प्रभावित क्षेत्रबाट बाक्लो धुवाँ उडिरहेको देख्यौं र जब हामी नजिक पुग्यौं, हामीले त्यहाँ धेरै भवनहरूमा क्षति पुगेको पायौं । हामीले एउटा भवनको गेटमा एक बेहोस मानिस सुतिरहेको देख् यौं। यसपछि, भवनको खोजी गर्दा, भित्र एक पुरुष र एक महिला बेहोस अवस्थामा फेला परे ।'

    images
    images
    images

    उनले घाइतेहरूको लागि एक चिकित्सा केन्द्र स्थापना गरेको र भवनहरूबाट बाहिर निस्कने मानिसहरूको जाँच गरिरहेको बताएका छन् ।

    इजरायली सेनाले इरानबाट क्षेप्यास्त्र प्रहार भएको कारण इजरायलीहरू सुरक्षित सेल्टरमा गएको बताउदै इरानले पछिल्लो एक घण्टामा तेस्रो पटक आक्रमण गरेको बताएको छ ।

    इजरायली सेनाले इरानी क्षेप्यास्त्रहरूलाई रोकिरहेको तर इरानको क्षेप्यास्त्र आक्रमण नरोकिएको बताएको छ ।

    अमेरिकी राष्ट्रपतिले मंगलबार इजरायल र इरान बीच युद्धविरामको घोषणा गरेका थिए । तर यसपछि, इरानका विदेशमन्त्री अब्बास अरघचीले इजरायलले सैन्य कारबाही रोकेमा मात्र आफुहरु रोकिने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।