Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

एसीसी यू-१६ इस्ट जोन: जापानमाथि नेपाल ९ विकेटले विजयी

एसीसी यू-१६ इस्ट जोन: जापानमाथि नेपाल ९ विकेटले विजयी

images
  • एसीसी यू-१६ इस्ट जोन: जापानमाथि नेपाल ९ विकेटले विजयी
    images
    images

    काठमाडौँ । नेपालले जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    जापानले दिएको ८१ रनको लक्ष्य पछाएको नेपालले १४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ३३ र शिवांश बजगाईंले अविजित ३८ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४.३ ओभरमा अल आउट हुदै ८० रन बनाएको थियो । जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए । यस बैक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    images
    images
    images

    त्यसैगरी नेपाली बलर शुभम खनालले ५ विकेट लिए भन अभय यादवले २ तथा सुशील बहादुर रावल र कप्तान विपिन शर्माले एक एक विकेट लिएका थिए ।

    यो जितपछि नेपालले लगातार दोस्रो जित हासिल गरेको छ भने जापानको दोस्रो खेलमा पहिलो हार हो ।  

    यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

    प्रतियोगिता अन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।