Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह

मालारानीको बजेट ६२ करोड ९२ लाख,  कृषि उत्पादन ढुवानी प्राथमिकतामा

मालारानीको बजेट ६२ करोड ९२ लाख,  कृषि उत्पादन ढुवानी प्राथमिकतामा

images
  • मालारानीको बजेट ६२ करोड ९२ लाख,  कृषि उत्पादन ढुवानी प्राथमिकतामा
    images
    images

    नविन केसी, अर्घाखाँची । मालारानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष दीपा पोखरेलले ‘कृषि, पर्यटन र सहकारी : समृद्ध मालारानी’ भन्ने मूल नारासहित बजेट सार्वजनिक गरेकी हुन् ।

    images
    images
    images

    बजेटअनुसार ४५ करोड ७१ लाख २९ हजार चालु र १७ करोड २१ लाख २२ हजार पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।

    images
    images
    images

    गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । यो वर्ष प्राङ्गारिक मल कारखाना स्थापनाका लागि २५ लाख, किसानका उत्पादन बजारसम्म पुर्‍याउन ढुवानीमा अनुदानका लागि १५ लाख छुट्याइएको छ। मसला उद्योग स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ ।

    images
    images
    images

    शिक्षा क्षेत्रमा ‘हाम्रो मालारानी’ नामक स्थानीय पाठ्यक्रम विकास, छात्रवृत्ति वितरण, विज्ञान प्रविधि र शिक्षक तालिम प्राथमिकतामा परेका छन् । स्वास्थ्यतर्फ दीर्घरोगीका लागि निःशुल्क औषधि, नवजात सेवा र ल्याब सेवा विस्तारका कार्यक्रम समावेश छन् ।

    पूर्वाधार निर्माणका लागि ६ करोड ३० लाख, सामाजिक विकासतर्फ ७ करोड ३७ लाख ५१ हजार विनियोजन गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि गाइड तालिम, पर्यटकीय नक्सा प्रकाशन र भगवती मन्दिरको पूर्वाधार निर्माणजस्ता योजना प्रस्तुत गरिएको छ ।

    वडास्तरीय विकासका लागि १ करोड ५७ लाख ५० हजार, सुशासन र संस्थागत विकासतर्फ ८ करोड ५२ लाख ५० हजार र वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५८ लाख बजेट छुट्याइएको छ। महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिका र सुकुम्बासी लक्षित कार्यक्रमहरू समावेश गरिएका छन् ।

    गाउँपालिकाको आम्दानी स्रोतमा समानीकरण अनुदान ११ करोड ३६ लाख ७२ हजार, राजस्व बाँडफाँड ९ करोड ९७ लाख १६ हजार, सशर्त अनुदान ३५ करोड ५१ लाख, विशेष अनुदान ८७ लाख र आन्तरिक स्रोत ३ करोड २३ लाख ६२ हजार ८०५ छन् ।

    गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईका अनुसार प्रस्तुत बजेट समृद्ध मालारानी निर्माणतर्फको सार्थक पाइला हो । प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले योजना पारदर्शी र प्रविधिमैत्री प्रणालीमार्फत कार्यान्वयन गरिने बताए। स्रोत सीमित भए पनि बजेट सहभागितामूलक र आवश्यकता आधारित रहेको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।