Logo

२०८३, कार्तिक २९गते


images
images

बजेट

काठमाडौँ महानगरले ल्याउन सकेन बजेट, केन्द्रीय अनुदान रोक्का हुन सक्ने

काठमाडौँ महानगरले ल्याउन सकेन बजेट, केन्द्रीय अनुदान रोक्का हुन सक्ने

images
  • काठमाडौँ महानगरले ल्याउन सकेन बजेट,  केन्द्रीय अनुदान रोक्का हुन सक्ने
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट ल्याउन नसकेपछि मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको कार्य क्षमतामा प्रश्न उठेको छ । 

    images
    images
    images

    देशभरका अधिकांश पालिकाहरुले आज असार १० गते बजेट ल्याउँदा देशको सबैभन्दा ठूलो महानगरले बजेट ल्याउन नसकेकोमा आलोचना समेत भएको छ ।

    images
    images
    images

    काठमाडौंका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादका करण आज बजेट आउन नसकेको हो । 

    images
    images

    मेयर साहले गुरागाईँ भ्रष्ट रहेकोले अर्कों प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेपनि संघीय सरकारले त्यासो नगरे पछि महानगर नेतृत्वले लामो समयदेखि कार्यपालिकाको बैठक समेत बोलाएको छैन ।

    अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ मा असार १० गते भित्र स्थानीय तहले आगामी आर्थिक बर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । ऐनको परिच्छेद ७ मा यस्तो व्यवस्था गरिएको छ ।

    यस ऐनले तोकेको समयमा स्थानीय तहले बजेट नल्याएमा केन्द्र सरकारले उपलब्ध गराउदै आएको अनुदान रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ ।

    बालेनलाई असहयोग गर्दै आएको केपी ओली नेतृत्वको संघीय सरकारले अब काठमाडौं महानगरलाई संघीय सरकारले दिने अनुदान कटौती गर्न सक्ने अनुमान गरिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।