Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

images
  • फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने
    images
    images

    काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।

    images
    images
    images

    सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुंगा’ नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुनेछ ।

    images
    images
    images

    चलचित्र ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । सेभेन सिजले यो फिल्म सो मितिमा देश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउने निर्माण कम्पनीले जनाएको छ ।

    images
    images
    images

    “हाम्रो चलचित्र ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुनेछ । अन्य देशमा पनि रिलिजका लागि वितरकहरूसँग कुरा भइरहेको छ,” निर्देशक पौडेलले भने, “रिलिजको समयसम्म अन्य केही देश पनि थपिनेछन् ।”

    डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक ‘कोशेढुंगा’ एकसाथ ४० देशमा आगामी भदौ १२ गते (अगस्ट १८ मा) एकसाथ ४० देशका हलहरूमा रिलिज गर्न लागिएको अन्तर्राष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी दिएका छन् ।

    नेपाली सिनेमाको डायस्पोरा इतिहासमा पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा वितरक ढकालको छ ।

    निर्देशक पौडेलको निर्देशन रहेको यो चलचित्र ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । काठमाडौंमा पनि सेट लगाएर यो सिनेमाको छायांकन गरिएको छ । गाउँले सेटअपमा यो सिनेमाले मौलिक कथा पस्किनेछ ।

    यो चलचित्रको केही समयअघि पोस्टरमा अभिनेत्री पन्तलाई प्रस्तुत गरिएको गाउँको पृष्ठभूमिमा पछ्यौरी ओढेको ग्रामिण महिलाको चरित्रमा फिचर्ड गरिएको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो ।

    नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

    चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।