Logo

२०८३, आश्विन ९गते


images
images

विचार

आध्यात्मिक बौद्धिकता

आध्यात्मिक बौद्धिकता

images
  • आध्यात्मिक बौद्धिकता
    images
    images

    विश्व प्रसिद्ध बैज्ञानिक Albert Einstein भन्छन्, "The measure of intelligence is the ability to change" अर्थात "बौद्धिकताको मापन परिवर्तन गर्ने क्षमता हो" । पढ्नलाई दस मिनेट समयावधि लाग्ने यस लेखमा बौद्धिकताको वैज्ञानिक पृष्ठभुमि, यसका विविध आयामहरुको तथ्यपरक विश्लेषण, केही जान्ने ठान्ने सङ्गै हामी किन नयाँ कुरा छिटो सिक्न सक्दैनौं भन्ने सन्दर्भमा एउटा रोचक प्रसङ्ग, विश्वस्तरमा नेपालीको बौद्धिकताको स्तर र त्यसका कारणहरु, बौद्धिकता बढाउने उपायहरू, अध्यात्म र बौद्धिकताको अन्तरसम्बन्ध, बौद्धिकतामा जलवायु परिवर्तनको प्रभाव, मानिसको दिमाग र बौद्धिकताको अन्तरसम्बन्ध हुँदै बौद्धिकताबारे Stephen Hawking को भनाई सङ्गै यो लेख सकिनेछ ।

    images
    images
    images

    "बौद्धिकता" शब्द ल्याटिन शब्द "इन्टेलिजेन्सिया" बाट आएको हो, जसको अर्थ "बुझ्नु" वा "ज्ञान" हो । पछि १४ औं शताब्दीको मध्यतिर "बौद्धिकता" को रूपमा विकसित भयो, जसले यसको अर्थ बुझाइ, तर्क र ज्ञान प्राप्त गर्ने क्षमतासँग सम्बन्ध राख्दछ । समयसँगै, यसले सिक्ने, तर्क गर्ने, समस्या समाधान गर्ने र नयाँ परिस्थितिहरूमा अनुकूलन गर्ने क्षमतालाई जनाउन थालेको छ । 

    images
    images
    images

    बौद्धिकता : एक बहुआयामिक अवधारणा 

    images
    images
    images

    मनोविज्ञानले यसलाई प्रायः सिक्ने, बुझ्ने, तर्क गर्ने, समस्याहरू समाधान गर्ने र नयाँ परिस्थितिहरूमा अनुकूलन गर्ने क्षमताको रूपमा परिभाषित गर्दछ ।यसका केही सिद्धान्तहरू छन  ।

    (१) स्पियरम्यानको जी-फ्याक्टर जसले बौद्धिकतालाई एक सामान्य संज्ञानात्मक क्षमता जो विशिष्ट सीपहरूको आधार मान्दछ ।

    (२) गार्डनरको बहु-बौद्धिकता जसले बौद्धिकतालाई एउटा क्षमता नमानी फरक-फरक क्षमताहरूको संयोजन मान्दछ (जस्तै, भाषिक, तार्किक,गणितीय, संगीत, मौलिक , अन्तरव्यक्तिगत,  प्राकृतिक आदि) ।

    (३) स्टर्नबर्गको त्रिपक्षीय सिद्धान्तले बौद्धिकतामा विश्लेषणात्मक (समस्या समाधान), रचनात्मक (नवीन सोच), र व्यावहारिक (दैनिक कार्यहरू) क्षमताहरू समावेश गर्दछ ।

    (४) गोलेमनको भावनात्मक बौद्धिकताले आफ्नो र अरूको भावना पहिचान गर्ने, बुझ्ने र व्यवस्थापन गर्ने क्षमतालाई जनाउछ । न्युरोसाइन्सले बौद्धिकता लाई मस्तिष्कको संरचना र कार्यसँग जोडिएको मान्छ, जसमा न्युरल दक्षता, कनेक्टिभिटी र प्लास्टिसिटी समावेश छ । यसका अनुसार बौद्धिकता प्रिफ्रन्टल कोर्टेक्ससँग सम्बन्धित छ, जसले योजना बनाउने, निर्णय लिने र समस्या समाधान गर्ने काम गर्छ । स्नायु प्लास्टिसिटी र नयाँ जडानहरू बनाउने क्षमतालाई संज्ञानात्मक अनुकूलनशीलताको सूचकको रूपमा हेरिन्छ । कृत्रिम बौद्धिकता (एआई)ले बौद्धिकतालाई मेसिन वा प्रणालीको त्यस्तो क्षमता मान्दछ जसले सामान्यतया मानव बौद्धिकताको आवश्यकता पर्ने कार्यहरू गर्दछ, जस्तै सिक्ने, तर्क गर्ने, समस्या समाधान गर्ने, धारणा गर्ने, र भाषा बुझ्ने आदि।दर्शन शास्त्रमा बौद्धिकतालाई प्रायः चेतना, तर्क र विचारको प्रकृतिको सन्दर्भमा अन्वेषण गरिन्छ । शिक्षाक्षेत्रमा बौद्धिकतालाई प्रायः ज्ञान र सीप प्राप्त गर्ने र लागू गर्ने क्षमताको रूपमा हेरिन्छ।मानव शास्त्रले बौद्धिकताको भूमिकाको अन्वेषण गर्दछ, जसमा उपकरण निर्माण, भाषा विकास, र सामाजिक सहयोग समावेश छ।अर्थशास्त्रले बौद्धिकतालाई प्रायः प्रभावी निर्णय, तर्कसंगतता र  कुशल स्रोत बाँडफाँडसँग जोडदछ । आध्यात्मिक ब्रह्माण्ड विज्ञानमा बौद्धिकताले चेतनालाई जनाउँछ जुन परम्परागत बौद्धिक ज्ञानभन्दा निकै फराकिलो मानिन्छ । यसमा बुद्धि, अन्तर्दृष्टि र जागरूकता समावेश छ जसले व्यक्तिहरूलाई उच्च सत्य, ब्रह्माण्डक सिद्धान्तहरू वा दिव्यतासँग जोड्दछ।बुद्धिमत्ताको आध्यात्मिक रूप तर्कमा सीमित हुँदैन बरु भावनात्मक, नैतिक र अस्तित्वगत आयामहरू समेट्छ।जस्तै,आत्म-जागरूकता,आत्म-उद्देश्य, ब्रह्माण्डसँगको सम्बन्ध,पारलौकिकता,अहंकार र भौतिक चिन्ताहरूबाट मुक्त भएर अझ ठूलो शक्ति (फृक्वेन्सी)सँग एकताको अनुभव ,करुणा र सहानुभूति,सबै प्राणीहरूप्रति अन्तरसम्बन्ध र प्रेम,वास्तविकताको प्रकृति, पीडा र मानव अवस्थाको अन्तर्दृष्टि,आन्तरिक शान्ति,बाह्य परिस्थितिहरूमा केवल साक्षी,समत्व आदि । आध्यात्मिक बौद्धिकता प्रायः ध्यान, प्रार्थना, सजगता र आत्म-चिन्तन जस्ता अभ्यासहरू मार्फत विकास गरिन्छ। यसलाई व्यक्तिगत विकास, ज्ञान र ब्रह्माण्डसँगको सद्भावको मार्गको रूपमा हेरिन्छ।बौद्धिकताको सबैभन्दा बृहत् आयामलाई आध्यात्मिक बौद्धिकता भनिन्छ।यो लेखको प्रमुख केन्द्रविन्दु आध्यात्मिक बौद्धिकतामा रहनेछ ।

    धेरै नेपालीहरू आजकल नकारात्मक मानसिकतासँग संघर्ष गरिरहेका छन्, जुन मुख्यतया पितपत्रकारिता र एआई स्वचालित एल्गोरिदमा आधारित सामाजिक सञ्जाल लगायतका कारणले उत्पन्न हुनसक्छ । हामीमध्ये धेरैलाई के भइरहेको छ भनेर पनि थाहा छैन । के हामी कल्पना गर्न सक्छौं कि बच्चा मात्र होइन, वृद्ध नेपाली पनि एक घण्टा स्मार्ट फोन बिना आरामसँग बस्न सक्दैनन् भनेर । तर अहिले यो वास्तविकता बनेको छ ।

     बौद्धिकताका विभिन्न दृष्टिकोणहरूले यसलाई  एक बहुआयामिक बुझाइ प्रदान गर्दै प्रक्रियाको रूपमा बौद्धिकतालाई विज्ञान र कला दुवै तथा यसको समग्र प्रकृतिलाई विचार गर्दा बौद्धिकतालाई साध्य र साधन दुवै मान्दछ्न ।

    बौद्धिकताको प्रणालीगत आयाम   

    बौद्धिकता भनेको हार्डवेयर (ब्रेन) र सफ्टवेयर (अभ्यास) को संयोजन हो । निश्चय पनि यसलाई धेरै हदसम्म अभिवृद्धि गर्न सकिन्छ। त्यसको लागि, यसको इनपुट-प्रोसेस-आउटपुट (IPO) चक्र बुझ्न् जरुरी छ । इनपुट भन्नाले मानव मस्तिष्कको सेन्सरी अंगहरू (दृष्टि, श्रवण, स्पर्श, स्वाद, गन्ध) र बाह्य उत्तेजनाहरू मार्फत प्राप्त गर्ने जानकारीलाई जनाउँछ । इनपुटको गुणस्तर र मात्राले संज्ञानात्मक प्रशोधनमा उल्लेखनीय प्रभाव पार्छ । स्पष्ट, विविध र अर्थपूर्ण इनपुटहरूले समझ र निर्णय लिने क्षमता बढाउँछ।प्रक्रिया भनेको प्रशोधन हो । अर्थात मस्तिष्कको जानकारी विश्लेषण गर्ने, व्याख्या गर्ने, भण्डारण गर्ने र पुन: प्राप्त गर्ने क्षमता हो । यसमा स्मृति, तर्क, समस्या समाधान गर्ने तत्परता  र निर्णय निर्माण कला जस्ता संज्ञानात्मक कार्यहरू पर्दछन् ।प्रशोधनको दक्षताले मानिसहरूले इनपुटलाई कति प्रभावकारी रूपमा बुझ्न सक्छन् र कुन हदसम्मको उपयुक्त आउटपुटहरू उत्पन्न गर्न सक्छन् भन्ने कुरा निर्धारण गर्छ । आउटपुट भनेको प्रशोधित जानकारीको आधारमा उत्पन्न हुने प्रतिक्रिया वा प्रतिकार्य हो । यो मौखिक (बोली) ,गैर-मौखिक (कार्य) वा दुवै पनि हुन सक्छ। आउटपुटले इनपुट र प्रशोधन चरणहरूको प्रभावकारितालाई प्रतिबिम्बित गर्दछ । 

    "यदि तपाईं सम्पूर्ण संसारलाई व्यवस्थापन गर्न चाहनुहुन्छ भने, पहिले आफ्नो ओछ्यानको तन्ना व्यवस्थापन गर्न सुरु गर्नुहोस्" । यसको पाठ धेरै सरल छ - सानो देखिने कार्यले जीवनको सबै क्षेत्रमा गुणक प्रभाव पार्न सक्छ ।

    मानव बौद्धिकता अभिवृद्धि गर्न IPO चक्र का तिनै चरणलाई अनुकूलन गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्दछ।इनपुटको गुणस्तर सुधार गर्न आवश्यकता अनुसार चश्मा, श्रवण यन्त्र, सक्रिय अवलोकन,माइन्डफुलनेस अभ्यासहरू गर्न सकिन्छ । प्रशोधन सुधार गर्न पजल, चेस, वा  समस्या समाधान सम्बन्धि मौलिक अन्वेषण,समालोचनात्मक सोच र तार्किक विश्लेषणको अभ्यास, स्वस्थ जीवनशैली (उचित निद्रा, पोषण र व्यायाम) ध्यान, योग, र नियमित आराम  मार्फत तनाव कम, निरन्तरको सिकाइ, तथा मस्तिष्कलाई चुनौती दिन नयाँ भाषा, वाद्ययन्त्र वा प्राविधिक सीपहरू सिक्न सकिन्छ । आउटपुटलाई सुधार गर्न प्रभावकारी सञ्चार, आफ्नै र अरुको गल्ती र सफलताबाट पाठ सिक्ने बानी बसाल्न सकिन्छ । त्यसैगरी समग्र आईपीओ अभिवृद्धिको लागि न्यूरोप्लास्टिसिटी तालिम,विचार मंथन, माइन्डफुलनेस अभ्यास आदिमा सम्लगनता बढाउन सकिन्छ ।

    बौद्धिकता र ऊर्जा (तरंग/आवृत्ती)

    मस्तिष्कका तरङ्गहरू विभिन्न प्रकारका हुन्छन् र तिनीहरूका आवृत्तिहरू फरक-फरक हुन्छन् जसले हाम्रो मानसिक अवस्था र क्रियाकलापलाई जनाउँछन् । न्यून इन्फ्रा तरंग (<0.5 Hz) मस्तिष्कको आधारभूत ताल र नेटवर्कका लागि महत्त्वपूर्ण हुन्छ । डेल्टा तरंग (0.5-3 Hz) निद्रा र ध्यानको अवस्थामा देखिन्छ र उपचार मा उपयोग  गरिन्छ । ठिटा तरंग (3-8 Hz)गहिरो ध्यानको अवस्थामा देखा पर्ने तरङ्ग हो जुन अवचेतन मनको क्षेत्र हो । अल्फा तरंग (8-12 Hz)आरामको अवस्थामा सक्रिय हुन्छ। यसले स्मृति, सिकाइ, कल्पना, र ध्यान बढाउँछ ।

    बिटा तरंग (12-38 Hz)सचेत अवस्थामा देखिन्छ । गामा तरंग (38-42 Hz)सबैभन्दा उच्च आवृत्तिको तरङ्ग हो जुन मस्तिष्कका विभिन्न भागहरू एकीकृत रूपमा प्रक्रिया गर्छन् तब उत्पन्न हुन्छ । यो उच्च चेतना, आध्यात्मिकता, र उत्कृष्ट उपलब्धिसँग सम्बन्धित छ।यी तरङ्गहरू हाम्रो गतिविधि र भावना अनुसार परिवर्तन हुन्छन्; जस्तै थकाइ हुँदा सुस्त तरङ्गहरू बढ्छन् भने सक्रिय र सचेत हुँदा उच्च आवृत्तिका तरङ्गहरूको प्रभुत्व बढछ ।

    आजकल नेपालीहरू आफ्नो बोल्ने स्वभावका कारण लोकप्रिय भइरहेका छन् । यो क्रम नेतृत्व तहबाट स्थानीयकरण हुँदैछ । अर्कोतिर शब्दमा भन्नुपर्दा, हामी सबैले कुराले जे पनि गर्न तम्सिन्छौ र कहिलेकाहीँ त ति लक्ष्यको  वाचा गर्न पनि पछि पर्दैनौ, जुन सामान्य मानिसको पहिलो नजरमा असम्भव प्रायः देखिनसक्छ । तर जब काम गर्ने कुरा आउँछ तब हामी हाम्रो लक्ष्य र वाचाहरू बिर्सन्छौं ।

    ब्रह्माण्डका हरेक पदार्थको आफ्नै विशिस्ट शक्ति(आवृत्ती वा तरंग) हुन्छ र यो समय र परिस्थिति अनुसार फेरबदल पनि हुन्छ । जब तपाई न्यून तरंगमा रहनुहुन्छ, तब तपाईंको वरिपरि न्यून तरंग प्रसारण हुन्छ र परिणामस्वरूप न्यून तरंगलाई आकर्षण गरिरहनुभएको हुन्छ।यस्तो अवस्थामा नकारात्मक उर्जाले आफ्नो बलियो उपस्थित देखाउछ । तर यसको विपरीत, जब तपाईं उच्च उर्जामा रहनु हुन्छ, तब तपाईंको वातावरण उच्च उर्जामय बन्दछ र धर्ती तथा ब्रह्माण्डबाट सकारात्मक उर्जालाई आकर्षण गर्न सक्नुहुनेछ र यस्तो अवस्थामा चमत्कार संभव हुन्छ । यस्तो किन हुन्छ भने समान उर्जा एकीकृत हुन खोज्छ्न।जब समान उर्जा एउटै दिशामा केन्द्रित हुन्छन् तब कुल उर्जा ती दुईको योगफल भन्दा बढी हुन्छ । अर्थात यस्तो अवस्थामा १+१=३ हुन संभव छ ।तर यसको विपरीत, जब कुनै दुई उर्जा विपरीत दिशामा केन्द्रित हुन्छन् तब ती दुईको कुल उर्जा तिनीहरु को सामान्य योगफल भन्दा न्यून हुनपुग्दछ । अर्थात यस्तो अवस्थामा १+१=१ नै हुनसक्छ । यसको मतलब यो हो कि तपाईंको आफ्नै बिशिस्ट ऊर्जा अनुसार तपाईंले अन्य व्यक्ति र ब्रह्माण्डको ऊर्जालाई आकर्षण गरिरहनु भएको हुन्छ । जब तपाईंको ऊर्जामा परिवर्तन आउनेछ, तब तपाईंको वातावरणमा पनि परिवर्तन आउनेछ ।

    विश्वको रास्ट्रव्यापी तुलनामा नेपालको बौद्धिकता स्तर

    सन् २००० देखि २०१९ सम्मको विश्व बैंकको तथ्याङ्कमा आधारित भएर औसत आय, जनसंख्या र शिक्षा खर्चको तथ्याङ्क र सोही अवधिको जर्मन मौसम सेवाको तथ्याङ्कबाट प्राप्त औसत तापक्रमलाई आधार मानेर  सन् २०१९ मा अल्स्टर इन्स्टिच्युट फर सोशल रिसर्चमा रिचर्ड लिन र डेभिड बेकरद्वारा गरिएको अध्ययनले हङकङका बासिन्दाहरूलाई विश्वभरिमा उच्चतम बौद्धिकता कोटामा राखेको छ भने अन्तिम स्थानमा नेपाल छ । यो अध्ययनले विश्वव्यापी बौद्धिकतामा चीनलाई ५ औं, संयुक्त राज्य अमेरिकालाई ३१ औं, श्रीलंकालाई ६८औं, अफगानिस्तानलाई ८२ औं, पाकिस्तानलाई ८३ औं, भारतलाई ९२ औं, बङ्ग्लादेशलाई ९७ औं र अन्तिममा नेपाललाई १२६ औं स्थानमा राखेको छ ।

    कुनै निश्चित राष्ट्र वा जनसंख्याको बौद्धिकताको प्रश्न विवादास्पद हुनसक्ला । बौद्धिकता शैक्षिक, राजनीतिक  भौगोलिक आदि  कारकहरूद्वारा प्रभावित पनि होला । आश्चर्यजनक रूपमा तर वैज्ञानिक रूपमा प्रमाणित भएको कुरा के हो भने बढदो तापक्रमले बौद्धिकतालाई समेत नकारात्मक रूपमा प्रभाव पारेको छ । अबका दिनमा नेपालले आफ्नो बौद्धिकताको स्तर सुधार्न अन्य कारकहरुको अतिरिक्त विश्वव्यापी तापक्रम वृद्धिलाई पनि एक कारकको रूपमा गणना गर्नुपर्नेछ ।

    राष्ट्रव्यापी बौद्धिकतामा हामी किन सबैभन्दा तल्लो स्थानमा भयौं ? 

    यो प्रश्नको उत्तर राजनीतिक अस्थिरता, कमजोर विकास, नेपाली संस्कृति हुन सक्छ । यी केही हदसम्म सत्य पनि हुन सक्छन् । तर एउटा कुरा, हामीले अझै पनि अबमुल्यन गरिरहेका छौं कि नेपालीहरू, विशेष गरी युवा पुस्ताले, बौद्धिकता लाई त्यो हदसम्म सुधार गर्न सक्छन्, जुन सामान्य मानिसले कल्पना पनि गर्न सक्दैन भन्ने तथ्यमा पर्याप्त ध्यान दिइरहेका छैनन् ।

    १. नकारात्मक मानसिकता:

    धेरै नेपालीहरू आजकल नकारात्मक मानसिकतासँग संघर्ष गरिरहेका छन्, जुन मुख्यतया पितपत्रकारिता र एआई स्वचालित एल्गोरिदमा आधारित सामाजिक सञ्जाल लगायतका कारणले उत्पन्न हुनसक्छ । हामीमध्ये धेरैलाई के भइरहेको छ भनेर पनि थाहा छैन । के हामी कल्पना गर्न सक्छौं कि बच्चा मात्र होइन, वृद्ध नेपाली पनि एक घण्टा पनि स्मार्ट फोन बिना आरामसँग बस्न सक्दैनन् भनेर । तर अहिले यो वास्तविकता बनेको छ । यसको सामना गर्न, हामी कुनै पनि हिसाबले सबै इलेक्ट्रोनिक ग्याजेटहरूबाट तुरुन्तै अलग्गिन सक्दैनौं र यो दीर्घकालीन समाधान पनि होइन । त्यसैले, हामीले गर्न सक्ने भनेको हामीसँग भएका इलेक्ट्रोनिक ग्याजेटहरूको मद्दतले हाम्रो रुचि अन्वेषण गर्न अनुमति दिनु हो । उदाहरणका लागि, ३ वर्षको बच्चालाई जनावरहरूको बारेमा थप जान्न रुचि हुन सक्छ, १० वर्षको केटाकेटी फुटबल सिक्न उत्सुक हुन सक्छ, १६ वर्षको किशोरलाई भिडियो सम्पादनको बारेमा जान्ने  जोश हुन सक्छ, २५ वर्षको युवा लोकप्रिय ब्लगर बन्न चाहन सक्छ, दुर्गम किसानलाई नयाँ खेती सीप कसरी गर्ने भनेर जान्न चाहन सक्छ, ग्रामीण महिलालाई आफ्नो बजार क्षितिज विस्तार गर्न इच्छुक हुन सक्छिन इत्यादि । त्यसैले, वास्तविक समस्या मिडिया वा ग्याजेटहरू होइनन, बरु यो विशुद्ध रूपमा तिनीहरूको प्रयोगसँग जोडिएको छ ।

    नयाँ कुराहरू सिक्दै गर्दा, हाम्रो दिमाग पुर्ण रूपमा खुला हुनुपर्छ नकि अनियमित ज्ञानले बन्द । जब हामी नयाँ सिप सिक्न चाहन्छौ, तब हामीमा पहिलेदेखिको अनावश्यक एवं अप्रासंगिक कल्पना वा अनियमित विचारहरूले अवरोध पैदा गर्दछ । यसले एकातिर हाम्रो परिवर्तन प्रतिरोधी व्यवहार देखाउँदछ भने अर्कोतिर नयाँ सीप सिक्न अपनाउन पर्ने खुला मानसिकताको आवश्यकतालाई स्पष्ट संकेत गर्दछ ।

    हाल, यस सन्दर्भमा हामीले गर्न सक्ने कुरा भनेको व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्तरबाट नकारात्मक मानसिकताबाट पीडितहरूका लागि सकारात्मक हस्तक्षेप "प्रत्येकले एकलाई सिकाउनुहोस्"भन्ने रणनीति हो जुन सबै हिसाबले कार्यान्वयनयोग्य छ ।

    २. कमजोर व्यवस्थापन:

    नेपाली जनताले जमिनीस्तरमा कमजोर व्यवस्थापन समस्याहरूको सामना मात्र गरिरहेका छैनन्, तिनीहरु  दिनप्रतिदिन उज्ज्वल भविष्यको आशा पनि गुमाउँदैछ्न । यो हाम्रो राष्ट्रिय नीतिहरूसँग पनि जोडिएको हुन सक्छ । यसो भन्दै गर्दा, हामी हाम्रो व्यक्तिगत स्तरबाट के गर्न सक्छौं भनेर बिर्सन्छौं । वस्तुनिष्ठ हुन, दोषारोपण खेलले हाम्रा यथार्थपरक समस्याहरू पत्ता लगाउन सक्दैनन  । यसले हाम्रो प्रतिष्ठालाई हानि पुर्‍याउँछ । यहाँनेर एउटा प्रसिद्ध उद्धरण उल्लेख गर्नु उल्लेखनीय छ, "यदि तपाईं सम्पूर्ण संसारलाई व्यवस्थापन गर्न चाहनुहुन्छ भने, पहिले आफ्नो ओछ्यानको तन्ना व्यवस्थापन गर्न सुरु गर्नुहोस्" । यसको पाठ धेरै सरल छ - सानो देखिने कार्यले जीवनको सबै क्षेत्रमा गुणक प्रभाव पार्न सक्छ ।

    यसलाई पार गर्न, हामी राष्ट्रिय, सामाजिक वा व्यक्तिगत स्तरमा व्यवस्थापनको लागि एउटा प्रमाणित रणनीति भनेको पहिले आफ्नो प्लस पोइन्ट र माइनस पोइन्टहरू पहिचान गर्नु हो, दोस्रो तपाईंले प्रदान गर्नुभएको स्कोरको हिसाबले तिनीहरूलाई प्राथमिकता दिनु हो र तेस्रो तदनुसार तिनीहरूसँग व्यवहार गर्न सुरु गर्नु हो। यसरी तपाईं कुनै पनि समस्यालाई प्रभावकारी र कुशलतापूर्वक ह्यान्डल गर्न सक्नुहुन्छ । आजकल व्यवस्थापकीय सीपहरू सुधार गर्न धेरै उदीयमान उपकरणहरू छन्। हामीलाई अहिले आवश्यक पर्ने कुरा भनेको समस्या समाधान गर्ने मनोवृत्ति हो ।

    ३. धेरै कुरा, न्यून कार्य:

    आजकल नेपालीहरू आफ्नो बोल्ने स्वभावका कारण लोकप्रिय भइरहेका छन् । यो क्रम नेतृत्व तहबाट स्थानीयकरण हुँदैछ । अर्कोतिर शब्दमा भन्नुपर्दा, हामी सबैले कुराले जे पनि गर्न तम्सिन्छौ र कहिलेकाहीँ त ति लक्ष्यको  वाचा गर्न पनि पछि पर्दैनौ, जुन सामान्य मानिसको पहिलो नजरमा असम्भव प्रायः देखिनसक्छ । तर जब काम गर्ने कुरा आउँछ तब हामी हाम्रो लक्ष्य र वाचाहरू बिर्सन्छौं । वास्तवमा, अरूप्रती वा आफैप्रतिको यस प्रकारको झूटो वाचाले हामीलाई कम मूल्यवान बनाइरहेको हुन्छ । यो प्रवृत्तिले हामीलाई दीर्घकालीन लक्ष्यहरूलाई त्यागेर छोटो अवधिको फाइदाहरू प्राप्त गर्न उन्मुख गराइरहेको छ भन्दा अत्युक्ति नहोला ।

    हामीलाई थाहा छ, शब्दभन्दा कामले ठूलो स्वरमा बोल्छ, त्यसैले हामीले आफ्नो बानीलाई परिवर्तन गर्नुपर्छ । अब सबै नेपाली जनता कार्यमुखी हुनुपर्छ । हामीले धेरै कुरा गरिसकेका छौं। हामीलाई अब धेरै फेन्सी शब्दहरू चाहिँदैन। हामीलाई केवल काम चाहिन्छ । शब्दहरूलाई काममा परिवर्तन गर्न सजिलो हुनेछैन । तर एक पटक सुरु गरेपछि, परिणामहरूले हामीलाई र अरूलाई साँच्चै आश्चर्यचकित गर्नेछन् । हामीले यो तथ्य बिर्सनु हुँदैन कि अनावश्यक कुराले हाम्रो ऊर्जा मात्र खेर फाल्दैन बरु ऊर्जाको अभावले धेरै अनावश्यक उर्जाहरूलाई पनि आकर्षित गर्नेछ । जब हामी पर्याप्त ऊर्जा बचत गर्छौं तब हामी राम्रो कार्य मात्र गर्नेछैनौ बरु आफू र आफ्नो वातावरणलाई पनि सकारात्मक ऊर्जाले ओतप्रोत गर्नेछौं ।

    ४. परिवर्तन प्रतिरोध 

    नेपालीहरू लगभग सबैतिर परिवर्तन प्रतिरोध समस्याहरूसँग संघर्ष गरिरहेका छन् । प्राविधिक रूपमा भन्नुपर्दा, परिवर्तन प्रतिरोध मानवीय स्वभाव हो । हरेक मानिस सहजता चाहन्छ ।

    मानिसहरु आफ्नो बानी परेको दिनचर्याको लतमा फसेका हुन्छन् । यदि कोही वा केहिले पुरानो प्रक्रिया वा बानीमा ठूलो भिन्नता ल्याउन चाहन्छ भने, यसले उसमा, विशेष गरी उसको  दिमागमा ठूलो प्रभाव पार्छ । फलस्वरूप, हामी डर वा असुरक्षा महसुस गर्छौं । त्यसैले हामी परिवर्तन प्रतिरोध गर्न इच्छुक हुन्छौं । वास्तवमा, बौद्धिकता परिवर्तन प्रतिरोधको सामना कसरी गर्ने भन्ने बारे नै हो । मेरो प्राध्यापकले मलाई सुनाएको एउटा छोटो कथा लिएर यसलाई बुझौं । यहाँ कथा यसप्रकार छ:

    एक पटक राम र श्याम नाम गरेका दुई विद्यार्थी थिए । उनीहरू दुवै किर्तिपुरको टी.यू.बाट भौतिकशास्त्रमा एमएस्सी गरिरहेका थिए । सहपाठी र समान रुचि भएकाले, एक दिन उनीहरूले बागबजारमा गितार कक्षामा सामेल हुने निर्णय गरे । उनीहरूले गितार शिक्षक कृष्णलाई भेटे र आफूले भोगिरहेका सबै कठिनाइहरूको बारेमा कुरा गरे । जब उनीहरूले प्रशिक्षकलाई शुल्क संरचनाको बारेमा सोधे तब शिक्षकको जवाफ सुनेर उनीहरू तीनछक्क परे । वास्तवमा, कृष्ण सरले रामलाई ३ महिनाको तालिम आवश्यक रहेको र १०,००० रुपैयाँ तिर्नुपर्ने भन्नुभयो जबकि श्यामलाई ६ महिनाको तालिम चाहिने र २०,००० रुपैयाँ तिर्नुपर्ने बताउनुभयो । राम र श्यामले शिक्षकको जवाफ सुनेपछि आश्चर्यचकित भएर एकअर्काको अनुहार हेरे किनभने श्यामले पहिले नै आफूलाई लगभग आधाजति गितार बजाउन आएको कृष्ण सरलाई देखाइसकेका थिए तर अर्कोतर्फ रामलाई भने गितारको बारेमा कुनै पनि ज्ञान थिएन !

    इतिहास पल्टाएर हेर्ने हो भने हाम्रो मुलुक ज्ञानको केन्द्रविन्दु भएको सहजै अनुमान गर्न सकिन्छ । अहिले पाकिस्तानमा पर्ने विश्वको पहिलो बिश्वबिद्यालय "तक्षशिला" र हाल भारतमा पर्ने "नालन्दा" विश्वविद्यालय हजारौं वर्ष पहिले हाम्रो निकटतामा रहनुले हामी ज्ञानको मुहानबाट निसृत भएको कुरा कुनै कोरा कल्पना होईन ।

    केही समयको मौनता पछि, श्यामले किन त्यस्तो सर भनी सोधेर मौनता तोडे । अचम्मको कुरा, जवाफमा कृष्ण सरले भने रामको दिमाग खाली भएकोले उनी शिक्षकको निर्देशनलाई पुर्ण स्वीकार गर्ने सम्भावना थियो जबकि श्यामको लागि शिक्षकले उनले गलत तरिकाले सिकेको कुरा सफा गरेर उनको दिमाग खाली गराउन थप समय लिनुपर्ने हुन्थ्यो । त्यसैले, शिक्षकले श्यामको लागि दोहोरो कामको बोझ बोक्नुपर्ने थियो, पहिलो  पुरानो गलत सिकाईलाई हटाउने र दोस्रो नयाँ सीप सिकाउने ।

    यस  कथाको शिक्षा यो हो कि- नयाँ कुराहरू सिक्दै गर्दा, हाम्रो दिमाग पुर्ण रूपमा खुला हुनुपर्छ नकि अनियमित ज्ञानले बन्द । जब हामी नयाँ सिप सिक्न चाहन्छौ, तब हामीमा पहिलेदेखिको अनावश्यक एवं अप्रासंगिक कल्पना वा अनियमित विचारहरूले अवरोध पैदा गर्दछ । यसले एकातिर हाम्रो परिवर्तन प्रतिरोधी व्यवहार देखाउँदछ भने अर्कोतिर नयाँ सीप सिक्न अपनाउन पर्ने खुला मानसिकताको आवश्यकतालाई स्पष्ट संकेत गर्दछ ।

    ५. हाम्रो पहिचानलाई कम मूल्याङ्कन गर्नु

    हामी नेपालीहरू आफ्नो अमूल्य पहिचान बिर्सिरहेका छौं । अन्य संस्कृति र दर्शनहरूतिर आकर्षित हुँदै छौं । हाम्रा पुरानो पूर्वीय दर्शनहरूलाई कम महत्त्व दिएर तथाकथित आधुनिक पश्चिमी संस्कृतिप्रति झुकाव दिँदैजादा  हाम्रो मौलिक सत्यता दिनप्रतिदिन अवमूल्यन हुँदै गइरहेको छ । हामी कृत्रिम  वास्तविकताको मिश्रित भावनातर्फ बढिरहेका छौं । नयाँ संस्कृतिलाई अनुकूलन गर्नु राम्रो कुरा हो तर आधुनिक संस्कृतिको मूल्यमा हाम्रो अद्वितीय परम्परागत पहिचान गुमाउनु वास्तविक समस्या हो ।

    इतिहास पल्टाएर हेर्ने हो भने हाम्रो मुलुक ज्ञानको केन्द्रविन्दु भएको सहजै अनुमान गर्न सकिन्छ । अहिले पाकिस्तानमा पर्ने विश्वको पहिलो बिश्वबिद्यालय "तक्षशिला" र हाल भारतमा पर्ने "नालन्दा" विश्वविद्यालय हजारौं वर्ष पहिले हाम्रो निकटतामा रहनुले हामी ज्ञानको मुहानबाट निसृत भएको कुरा कुनै कोरा कल्पना होईन । संसारभरीबाट यहाँ ज्ञान आर्जन आउने गरेको सत्य लुकाएर लुक्न सकेको छैन । भनिन्छ, यस पवित्र भुमिमा समाधान गर्न नसकिने कुनै समस्या नै थिएन । तर ती सब आज एकादेशका कथा जस्ता भएका छन् । हाम्रै भुमिले दिएको पुर्वीय ज्ञान पाएर हुर्के बढेकाले हामीलाई आधुनिक शिक्षा प्रदान गरिरहेका छन् । हामी पनि आफ्नो ऐतिहासिक बिरासत बिर्सिएर तिनै आगन्तुक शिक्षालाई अन्धाधुन्ध अंगिकार गर्न तम्सिरहेका छौं।विदेशमा पढेलेखेका भन्ने बित्तिकै सबैभन्दा जान्ने सोचिहाल्छौ । सतही शिक्षालाई उन्नत चेतनाको उपमा दिनुभन्दा पहिले हाम्रो इतिहास, सभ्यता, सस्कार र नैतिकतालाई बुझ्न् जरुरी छ । कम्तीमा पनि अबका नयाँ पुस्ताले योग,ध्यान, प्रार्थना ,चेतना ,जागरण ,समत्व, निष्ठा, नैतिकता, तन्त्र, मन्त्र, पुजापाठ, प्रकृति तथा प्रतिमा पुजन र आराधनालाई ढाेङ्गी भन्नुभन्दा अगाडि एकपटक विचार गरौं त - के यी सबैमा विज्ञान लुकेको छैन? हो, समयसङ्गै तिनमा निश्चित समुहले आफ्नो स्वार्थपुर्तिका लागि केही तोडफोड नगरेहोलान् भन्न सकिन्न । तर सबैभन्दा महत्त्वपूर्ण कुरा जसरी हाम्रा प्राचीन ज्ञानका केन्द्रहरु ध्वस्त पारिनु, महिनौंदिनसम्म लागो लाग्ने गरि हाम्रा अति महत्त्वपूर्ण ग्रन्थ, वेद, पूराणहरु जलाइनुले हाम्रो सनातन दर्शनमाथी सुनियोजित आक्रमण भैरहेको छैन भन्ने आधार छैन । जल्नबाट जोगिएका एकाध ग्रन्थ, उदाहरणको लागि, भागवत गीता, आजसम्म पनि त यो संसारको लागि मार्गदर्शक बनिरहेको छ भने कल्पना गरौं त ती जलेका र लुटपाट गरि लगिएका हाम्रा पुस्तकरुपी ज्ञानका भण्डारहरुमा के के थियो होला ! तसर्थ, हाम्रो मौलिक सभ्यताको महत्त्व बुझेर मात्र आगन्तुक आधुनिक सभ्यतालाई स्थान दिउँ ।

    अन्त्यमा,

    मानव मस्तिष्कलाई पनि अन्य कुरामा जस्तै यसको पूर्ण क्षमतामा अभ्यास आवश्यक छ । यस सन्दर्भमा मस्तिष्क-मैत्री बानीहरूको नियमित अभ्यास मात्र एक मात्र भरपर्दो उपाय हो । जबसम्म हामी हाम्रो मस्तिष्कलाई यसको क्षमताको पूर्ण प्रयोग गर्दैनौं तबसम्म  हामी यसको अधिकतम शक्ति अन्वेषण गर्न सक्दैनौं । यदि हामीले हाम्रो मस्तिष्कलाई यसको अधिकतम क्षमतामा प्रयोग गर्दैनौं भने, हाम्रा सुस्त जीनहरू पुस्तौंपुस्तासम्म हस्तान्तरण हुनेछन् ।

    त्यसैले, हाम्रो मस्तिष्कलाई यसको पूर्ण क्षमतामा प्रयोग गर्न प्रयास नगर्दा हामी आफैंलाई मात्रै मूर्ख बनाइराखेका हुदैनौ, हाम्रा आफ्नै पुस्ताहरूलाई पनि  अस्तित्वको खतरामा पारिराखेका हुन्छौं । किनभने, इतिहासदेखि आधुनिक विज्ञानले समेत प्रमाण दिएको छ कि केवल बढी बुद्धिमान मान्छेहरू मात्र अस्तित्वमा रहिरहनेछ्न र बढदो बौद्धिकताले आध्यात्म हुँदै  ब्रह्माण्डसम्म आफ्नो अस्तित्व कायम राखीरहनेछ र यसैमा सबैको भलो हुनेछ । सामान्य अर्थमा बौद्धिकताको अर्थ चलाख त हो, तर त्यो चलाखीपन कुनै पनि हिसाबले अरु कसैको हानीको कारक हुनुहुदैन भन्ने आधारभुत मान्यताको साथमा हो । अत्यधिक व्यस्तताको  समकालीन विश्वपरिवेशमा भौतिक बौद्धिकताले मात्रै मान्छेलाई दीर्घकालीन सन्तुष्टि प्रदान गर्न नसक्ने भएकोले आध्यात्मिक बौद्धिकताको बढदो आवस्यकता छ ।

    - सि. एम. बस्याल (चिन्तन)
    लेखक, अनुसन्धानकर्ता, प्रेरकवक्ता
    मोबाइल : +९७७-९८४६६०१९५५
    इमेल: chintanmanan11@gmail.com

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।