Logo

२०८३, आश्विन १०गते


images
images

इरानले अमेरिकाको गालामा थप्पड हान्यो- खामेनी

इरानले अमेरिकाको गालामा थप्पड हान्यो- खामेनी

images
  • इरानले अमेरिकाको गालामा थप्पड हान्यो- खामेनी
    images
    images

    काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इजरायल र अमेरिकामाथि इरानले जित हासिल गरेको बताएका छन् ।

    images
    images
    images

    एक सातापछि सार्बजनिक रुपमा देखिएका खामेनीले एक भिडियो जारी गर्दै इजरायल र अमेरिकामाथि इरानले जित हासिल गरेको बताएका हुन् । उनले भनेका छन्- 'म भ्रामक यहूदी शासनमाथिको विजयको लागि बधाई ज्ञापन गर्दछु ।'

    images
    images
    images

    उनले सन्देशमा खामेनीले इरानले इजरायललाई व्यवहारिक रुपमा ढालेको र कुल्चिएको बताएका छन् ।

    images
    images
    images

    साथै खामेनीले इरानले अमेरिकी शासनमाथि विजयी हासिल गरेको दाबी गर्दै अमेरिकाले केहि हासिल गर्न नसकेको उल्लेख गरेका छन् । उनले भनेका छन्- 'हाम्रो प्यारो इरानले अमेरिकी शासनमाथि विजय हासिल गरेकोमा बधाई छ । अमेरिकी शासन सिधै युद्धमा प्रवेश गर्यो किनभने उसलाई लाग्यो, यदि त्यसो भएन भने, यहूदी शासन पूर्ण रूपमा नष्ट हुनेछ । त्यो शासनलाई बचाउने प्रयासमा यो युद्धमा प्रवेश गर्यो तर केही पनि हासिल गर्न सकेन ।'  

    खामेनीले इरानले अमेरिकाको गलामा ठुलो थप्पड हानेको बताउदै प्रमुख अमेरिकी अड्डाहरू मध्ये एक अल-उदेइद एयर बेसमा आक्रमण गरी क्षति पुर्‍याएको बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।