Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

रोनाल्डोले गरे अल नासरमा दुई बर्षको नयाँ सम्झौता, बार्षिक १८५ मिलियन युरो पारिश्रमिक

रोनाल्डोले गरे अल नासरमा दुई बर्षको नयाँ सम्झौता, बार्षिक १८५ मिलियन युरो पारिश्रमिक

images
  • रोनाल्डोले गरे अल नासरमा दुई बर्षको नयाँ सम्झौता, बार्षिक १८५ मिलियन युरो पारिश्रमिक
    images
    images

    काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अल नासरमा दुई बर्षको नयाँ सम्झौता गरेका छन् ।

    images
    images
    images

    अल नासरले रोनाल्डोले 'अल नासर फर एभर अर्थात सधैका लागि अल नासर' एक भिडियो जारी गर्दै रोनाल्डो क्लबमै रहने जानकारी दिएको हो ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार ४० बर्षिय रोनाल्डोले अल नासरमा २०२७ को जुन ३० सम्म सम्झौता गरेका छन् । रिपोर्टका अनुसार अल नासरले रोनाल्डोलाई बार्षिक १८५ मिलियन युरो पारिश्रमिक दिने बताइएको छ । 

    images
    images
    images

    रोनाल्डोको साउदी प्रो लिगमा व्यक्तिगत प्रदर्शन राम्रो भएपनि अल नासरलाई ट्रफी भने जिताउन सकेका छैनन् । उनले लगातार दोस्रो सिजन साउदी लिगमा गोल्डेन बुट भने जितेका छन् । रोनाल्डोले साउदी लिगमा यस सिजनमा कुल २५ गोल गोल गर्दै गोल्डेन बुट जितेका थिए भने अघिल्लो सिजनमा रोनाल्डोले ३५ गोल गरेर गोल्डेन बुट जितेका थिए ।

    २०२३ को जनवरीदेखि अल नासरमा खेल्न थालेका रोनाल्डोले अल नासरका लागि १११ खेल खेल्दै ९९ गोल गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।