Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षा र हिमपातको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षा र हिमपातको सम्भावना

images
  • देशभर मनसुनी वायुको प्रभाव,  भारी वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ । यसको असरले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा आंशिक बदलीसहित मौसम मुख्यतः सफा देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । पहाडी भूभागका केही र अन्य भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। एक–दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्छ ।

    images
    images
    images

    उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने देखिएको छ ।

    images
    images

    आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । तीमध्ये कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्छ ।

    भारी वर्षाको सम्भावनाले नदीहरूमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता प्रकोप निम्त्याउने देखिएको छ । जनस्वास्थ्य, कृषि, सडक तथा हवाई यातायात र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।