Logo

२०८३, कार्तिक २९गते


images
images

जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका तिन जना बिरामी, आसियुमा उपचार हुँदै

जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका तिन जना बिरामी, आसियुमा उपचार हुँदै

images
  • जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका तिन जना बिरामी, आसियुमा उपचार हुँदै
    फोटो : जंगली च्याउको नमूना
    images

    गुल्मी । गुल्मीमा नाम नखुलेको जंगली च्याउ खाँदा एकै परिवारका तिन जना बिरामी परेका छन् ।

    images
    images
    images

    मुसिकोट नगरपालिका–४ का ७६ बर्षीय थम्मन बहादुर कुमाल, श्रीमती ६८ बर्षीया फुलमाया कुमाल र बुहारी ३६ बर्षीया गीता कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।

    images
    images
    images

    बिहिवार स्थानीय जंगलबाट टिपेको च्याउ बिहान तिन जनाले खाएपछि रिङगटा लाग्ने र बान्ता हुने भएको थियो । घरमा अरु बालबालिका पनि थिए । तर, पहिलेनै खाना खाएर विद्यालय गएकाले जोगिएको उपचारमासंगै रहेका छोरा कमल कुमालले बताए । कमलका अनुसार बिरामीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

    images
    images

    थम्मन दम्पतीको आइसियु र बुहारी गीताको सामान्य कक्षमा राखेर उपचार भइरहेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।