Logo

२०८३, कार्तिक २९गते


images
images

सडक

देशभरका कुन-कुन सडकखण्ड छन् अवरुद्ध ?

देशभरका कुन-कुन सडकखण्ड छन् अवरुद्ध ?

images
  • देशभरका कुन-कुन सडकखण्ड छन् अवरुद्ध ?
    images

    काठमाडौँ । बर्षा शुरु भएपछि पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीका अनुसार शुक्रबार बिहानसम्मको अपडेट अनुसार संखुवासभाको बरुणखोलास्थित कोशी राजमार्ग, नवलपरासी (पूर्व) बिनयी त्रिवेणीस्थित पूर्व-पश्‍चिम राजमार्ग र रुकुम पश्‍चिमको रिजिगार खोला, जाजरकोट-डोल्पा-भेरी करिडोर सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

    images
    images
    images

    अवरुद्ध भएका सडक

    images
    images

    -जिल्ला संखुवासभा भोटखोला-४ बरुणखोलास्थित कोशी राजमार्ग अअवरुद्ध रहेको छ । असार ६ गते संखुवासभाको भोटखोला-४ स्थित बरुणखोलामा बाढी आई  ह्युम पाइप बगाएको हुँदा  खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग  पूर्णरुपमा अबरोध भएको छ ।

    - विपि राजमार्गको  सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने सडक रातिको समयमा १५(प्रन्ध)  दिन बन्द रहेको छ । हाल देशमा मनसुन  सक्रिय भएकोले बर्षातका कारण विपदको घटना हुन नदिनको लागी  असार ६ गतेदेखि २० गतेसम्म बेलुका १८:३० देखि  विहान ०५:०० बजे सम्म  विपि राजमार्गको  सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने आउने दुबै तर्फका सार्वजानिक-निजि सवारी साधनलाई आवागमनमा रोक लगाईएकोले उक्त अबधिभर राजमार्ग पूर्णरुपमा बन्द रहेको छ ।

    - नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गा.पा. मा पूर्व-पश्‍चिम राजमार्ग  बन्द रहेको छ । निर्माणाधिन नारायणघाट-बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाईभर्सन सडक वर्षाले बारम्बार बगाईरहेकोले सो स्थानमा बनेको नयाँ पुल सन्चालनमा नआउन्जेल र दाउन्ने खण्डको केही स्थानहरुमा ग्रावेल राखेर सडक मर्मत गर्ने काम भईरहेकोले सो मर्मत कार्य सम्पन्न गरी सहज यातायात सन्चालनको लागि तयार नहुन्जेलसम्मका लागि असार ७ गतेदेखि अर्को सूचना प्रकाशित नगरुन्जेल सम्मका लागि उक्त सडक खण्डमा ठूला र भारी मालवाहक सवारी सन्चालनमा रोक लगाईएको छ । प्रत्येक साँझ ०७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सबै प्रकारका सवारी संचालनमा समेत रोक लगाईएको हुँदा सो दौरान सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्नुहुन सबैमा अनुरोध गरिएको छ । त्यस्तै असार १० गते देखि उक्त स्थानमा सवारी साधनहरुको चाप भई सडकको बिभिन्न स्थानहरु बिग्रिएको कारण सडक मर्मत गर्ने ग्यारेन्टी नभए सम्म बिनयी त्रिवेणी गाउँपालिकाले सोही रुट हुँदै पूर्व पश्चिम आवात जावात गर्ने एम्वुलेन्स र मोटरसाइकलबाहेकका सम्पूर्ण सवारी साधनहरुलाई चल्न रोक लगाइएको छ । त्यस्तै असार १० अपराहन्न यात्रु वहाक सवारी साधनलाई मात्र सम्बन्धित निकायसँग समन्वय गरी खुलेको अन्य मालबहाक सवारी साधनहरु यथास्थानमा एक लेनमा रोकिएको छ ।

    - रुकुम पश्‍चिम, आठबिसकोट-६ रिजिगार खोला, जाजरकोट-डोल्पा-भेरी करिडोर सडक खण्ड अवरुद्ध रहेको छ । असार ९ गते रिजिगार खोलामा पानीको वहाब बढेको हुनाले जाजरकोट-डोल्पा-भेरी  करिडोर सडक खण्ड पूर्ण रुपमा अवरोध रहेको छ भने पानीको वहाब घटे पश्‍चात् सडक सञ्चालन हुनेछ ।

    - ललितपुरमा असार १० गतेदेखि अर्को सुचना नआएसम्मको लागि हाल भइरहेको बर्षातको समयलाइ मध्यनजर गरी आम नागरिकको जिउ धनको शुरक्षालाई ध्यानमा राखी बेलुका १९ बजेदेखी बिहान ६ बजेसम्मको लागी कान्ति लोकपथको बाटोमा सम्पुर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको जिल्ला शुरक्षा समिति ललितपुरबाट निर्णय भएको छ ।

    - काठमाडौँ, फर्पिङ- कुलेखानी  सडक खण्डको फर्पिङबाट हात्तिगौँडा सम्मको सडक निर्माणको लागि मिति २०८२/०३/१२ गतेदेखि  २५ गतेसम्म बन्द रहने । फर्पिङ-टल्कु-हुमाने-कुलेखानी  सडकको  फर्पिङबाट हात्तिगौँडा सम्मको सडक निर्माण गर्ने कार्य भइरहेकोले असार २५ गते सम्म बन्द गरिएको र उक्त मार्गमा चल्ने सवारी साधनहरुलाई बैकल्पिक सडक प्रयोग गर्नको लागि अनुरोध गरिएको छ ।

    - रसुवा पासाङ ल्हामु सडकखण्ड पुर्णरुपमा अवरोध । असार १२ गते अबिरल बर्षाको कारण जिल्ला रसुवा उत्तरगया-५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु सडकखण्डको सडक भत्कन गई बाटो अबरोध भएको छ । हाल बनुवाघुम्ती नजिकैबाट उत्तरगया-५ बोगटीटार जाने बैकल्पिक कच्ची बाटोको प्रयोग गरी साना सवारी (मोटरसाइकल र कारहरु मात्र) साधनहरु आवत जावत भएको छ । 

    - डोल्पाको त्रिपुरासुन्दरी-३  र ठुलिभेरी-३ स्थित भेरीकरिडोर सडक खण्डक अबरोध । असार १३ गते बिहान त्रिपुरासुन्दरी-३ स्थित भेरीकरिडोर सडक खण्डक अन्तर्गतको सुपानि र भित्ती भन्ने स्थानमा लेदो सहितको पहिरो आएको तथा ठुलिभेरी-३ जुफाल भेरी सडक खण्डको मोतिपुरको विभिन्न स्थानमा पनि लेदो सहितको पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्द भएको छ र हाल स्थानीय निकायसँग समन्वय गरी खुलाउने पहल भईरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।